×

NMB BANK
NIC ASIA

नेपालमा किन बढ्दैछ भारतविरोधी राष्ट्रवादी भावना ?

भदौ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ३० र ३१ अगस्टमा नेपालमा आयोजित बहुपक्षीय प्राविधिक तथा आर्थिक साझेदारीका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा भाग लिएका थिए । मोदी सम्मेलनबाट फर्केपछि नेपालले भारतलाई धेरै झड्का दिइसकेको छ । 

पहिला नेपालले भारतको पुणेमा आयोजित संयुक्त सैन्य अभ्यासमा भाग लिन अस्वीकार गरिदियो अनि अब नेपाल असोज १ देखि १२ सम्म चीनसँग १२ दिनसम्म चल्ने सैन्य अभ्यास गर्दैछ । 

नेपालले चीनसँग यस्तो सैन्य अभ्यास अघिल्लो वर्ष अप्रिलमा गरेको थियो । नेपाल र चीनबीच सैन्य गतिविधि बढेको कुरा भारतका लागि चिन्ताजनक छ । 

बिमस्टेकको सैन्य अभ्यासबाट नेपाल अचानक अलग्गिनु भारतका लागि ठूलो झड्का मानिएको छ । भारतका पूर्व विदेशसचिव कँवल सिब्बल भन्छन्, भारतलाई अनावश्यक रूपमा उक्साउँदा नेपाललाई सन्तोष प्राप्त हुन्छ । 

नेपालमा आन्तरिक राजनीतिका कारण सैन्य अभ्यासमा भाग नलिएको कारण दिइएको छ । तर भारतले यसलाई तार्किक कारण मानेको छैन किनकि नेपालको ओली सरकार दुईतिहाइ बहुमत प्राप्त बलियो सरकार हो । 

यो सरकार कसरी दबाबमा आउँछ भनी प्रश्न उठाइएको छ । यस विषयमा दिल्लीस्थित नेपाली दूतावासले कुनै टिप्पणी गरेको छैन । 

प्रधानमन्त्री बनेपछि मोदी चारपटक नेपाल पुगिसकेका छन् तर दुई देशको सम्बन्धमा विश्वासको अभाव देखिएको छ । 

यसैबीच चीन र नेपालको सम्बन्धमा प्रगति आएको छ । चीनले आफ्नो बन्दरगाह प्रयोग गर्ने अनुमति नेपाललाई दिएको छ । 

नेपाल भूपरिवेष्ठित मुलुक हो र ऊ भारतसँगको निर्भरता घटाउन चाहन्छ । सन् २०१५ मा भारतको तर्फबाट अघोषित नाकाबन्दी गरिएको थियो र त्यसले गर्दा नेपालमा आवश्यक सामानहरूको ठूलो अभाव भएको थियो ।
त्यतिखेरदेखि दुई देशबीचको सम्बन्धमा विश्वास फर्किएको छैन । 

Muktinath Bank

भारत नेपालको नयाँ संविधानसँग सन्तुष्ट थिएन । नयाँ संविधानमा मधेसीहरूमाथि भेदभाव गरिएको भनिएको थियो । 

मधेसीहरू भारतीय मूलका हुन् र उनीहरूको जरो बिहार र उत्तर प्रदेशसँग जोडिएको छ । तर नाकाबन्दी लगाइएपनि नेपालको संविधानमा कुनै परिवर्तन गरिएन र भारतले कुनै सफलता नपाई नाकाबन्दी हटाउनुप¥यो । 

नेपालको वाणिज्य मन्त्रालयले चीनबाट थियान्जिन, शेन्जेन, लियानियुंग्याङ र स्याङजियाङ बन्दरगाह प्रयोग गर्ने अनुमति पाएको बताएको छ । 

चीनले नेपाललाई देखाएको उदारताका विषयमा नेपाल भारतसँगको निर्भरता कम गर्न चाहेको रूपमा हेरिएको छ । चीन पनि भारतको तुलनामा आफ्नो उपस्थिति बढाउन चाहन्छ । 

केपी ओली सन् २०१५ मा दोस्रोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी दुईपटक भारत आइसकेका छन् । उनी चुनावी अभियानमा चीनसँग सहयोग बढाउन र भारतमाथिको निर्भरता कम गर्ने कुरा गर्थे । 

नेपालको नयाँ संविधानमा भारतको असन्तोषमा नेपाल सरकार यो आन्तरिक विषय भएको बताउँछ । भारत र नेपालबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिका विषयमा ओली कडा दृष्टिकोण अपनाउँछन् । 

उनका अनुसार, यो सन्धि नेपालको हितमा छैन । चुनावी अभियानमा उनले यस सन्धिविरुद्ध कुरा गरिसकेका छन् । ओली भारतसँगको यो सन्धि खारेज गराउन चाहन्छन् । 

दुई देशबीच सीमा विवाद पनि ठूलै मुद्दा हो । सुस्ता र कालापानी क्षेत्रमा दुई देशबीच विवाद छ । चार वर्षअघि दुई देशबीच सुस्ता र कालापानीका विषयमा परराष्ट्रसचिवको स्तरमा सहमति बनेको थियो । तर त्यसपछि एउटा बैठक पनि बसेको छैन । 

ओली भारत आउँदा यी दुवै विषयमा कुरा गर्ने दबाब उनीमाथि हुन्छ । तर द्विपक्षीय वार्तामा यसको उल्लेख हुँदैन । 

अप्रिल ६ मा ओलीले नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, ‘भारतीय लगानीकर्ता संसारभरिका देशका लगानी गरिरहेका छन् तर नजिकैको देश नेपालमा लगानी गर्दैनन् । किन यसो भइरहेको छ ?
हामीहरू भौगोलिक रूपमा नजिक छौं, आवजावत सहज छ, सांस्कृतिक समानता छ र दुवै देशलार्य अनुकूल हुने सबै कुरा छ । तैपनि किन लगानी हुँदैन ?’

ओली परराष्ट्र सम्बन्धमा आफ्नो दुई ठूला छिमेकीबीच सन्तुलन कायम गर्न चाहन्छन् भनिन्छ । 

ओली कुनै समयमा भारतसमर्थक थिए भनिन्छ । नेपालको राजनीतिमा कुनै बेलामा उनको समर्थन भारतको पक्षमा हुन्थ्यो । 

सन् १९९६ मा भारत र नेपालबीच भएको ऐतिहासिक महाकाली सन्धिमा ओलीको ठूलो भूमिका रह्यो । सन् १९९० को दशकमा मन्त्री हुँदा र सन् २००७ मा परराष्ट्रमन्त्री हुँदा ओलीको सम्बन्ध भारतसँग राम्रो थियो । 

नेपालमा भारतको प्रभाव दशकौंदेखि छ । दुई देशबीच खुला सीमा छ, ठूलो व्यापार छ, एउटै धर्म छ र रीतिरिवाज पनि उस्तै छन् । दुवै देशबीच सम्बन्ध बिग्रने कुरा आउँदा चीनको उल्लेख अवश्य हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले हालैका वर्षमा नेपालमा भारी लगानी गरेको छ । नेपालमा चीन अनेकौं परियोजनामा काम गरिरहेका छन् र त्यसमा पनि विकास निर्माण परियोजना विशेष छ । चीन नेपालमा विमानस्थल, सडक, अस्पताल, कलेज र मल बनाइरहेको छ अनि रेलमार्गको पनि काम गरिरहेको छ । 

कार्नेजी इन्डियाका विश्लेषक कन्स्ट्यान्टिनो जेभियरले वाशिङटन पोस्टलाई बताए, ‘नेपाल र चीनबीचको निकटता ठूलो परिवर्तन हो । नेपालको इतिहासमा पहिलोपटक चीन नेपाललाई भारतको विकल्प दिइरहेको छ ।’

नेपाल विषयका जानकार आनन्दस्वरूप वर्मा भन्छन्, ‘भारतमा राष्ट्रवादको कुरा उठ्दा पाकिस्तानविरोध केन्द्रमा रहन्छ । त्यसैगरी नेपालमा चुनावका बेलामा भारतविरोधी कुरा हुने गरेको छ । यो स्थिति भारतले नै उत्पन्न गरेको हो ।


Advertisment
Nabil box
Kumari

भारतले सन् २०१५ मा नाकाबन्दी लगाएर त्यहाँका नागरिकमा आफूविरुद्ध भावना राख्न बाध्य बनाएको थियो । नेपालले भारतको विरोध गरेर आफूलाई अघि बढाउन सक्दैन तर दुर्भाग्यवश भारतले पनि नेपालसँग आफूबाहेक कुनै विकल्प छैन भन्ने सोच पालिरहेको छ । भारतको नेपालसँग सांस्कृतिक, धार्मिक तथा अन्य थुप्रै समानता छ तर उसले कहिले पनि त्यसलाई सदुपयोग गर्न जानेन । नेपालमा भारतले आफ्नै गोडामा बञ्चरो प्रहार गरेको छ ।’

उनी थप्छन्, ‘भारत सयौं वर्षसम्म उपनिवेश रहेको थियो तर नेपाल कहिलेपनि कसैको उपनिवेश रहेन । भारतमा औपनिवेशक मानसिकता यहाँको राजनीतिमा मात्र नभई समाज र बुद्धिजीवीमा पनि देखिन्छ । हामीलाई नेपालका चौकीदार र कामदार चाहिँ चाहिने तर उसलाई सम्प्रभुतासम्पन्न देश चाहिँ मान्न तयार नहुने । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा सन् १९६४ मा चीनले काठमाडौंलाई कोदारी राजमार्गमार्फत जोडेका थिए । यससम्बन्धमा भारतको संसदमा चर्को बहस भएको थियो । त्यतिखेर चीन अब गोरखपुर पुग्न लाग्यो भनिएको थियो तर त्यसो भएन ।’

Vianet communication
Laxmi Bank

उनी भन्छन्, ‘आखिर एक सम्प्रभु देश अन्य देशसँग आफ्नो हितका लागि किन सम्बन्ध बनाउन सक्दैन ? तपाईंले उसको हितको विचार नगरिदिएपछि उससँग के विकल्प बाँकी रह्यो ? सन् १९५० मा भारतले नेपालसँग गरेको शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालमा आवाज उठिरहेको छ । त्यो सन्धि हुँदा नेपालमा राणाशासन थियो । लोकतान्त्रिक नेपाल तपाईंसँग यस सन्धिका विषयमा कुराकानी गर्न चाहन्छ भने तपाईंले यसमा सहभागी हुनैपर्छ ।’

बीबीसी हिन्दीमा प्रकाशित विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x