×

NMB BANK
NIC ASIA

एनआईसी एसिया बैंकको ऋणपत्र बिक्रीमा ‘उत्साहजनक सहभागिता’

भदौ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एनआईसी एसिया बैंकले बिक्री खुला गरेको ऋणपत्रमा उत्साहजनक सहभागिता देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैंकले भदौ २१ गते बिक्री खुला गरेको १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ‘११% एनआईसी एशिया ऋणपत्र २०८२÷८३’ मा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट उत्साहजनक सहभागिता भई पूर्णरुपमा आवेदन प्राप्त भइसकेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ वर्षको अवधिमा परिपक्व हुने ऋणपत्रको व्याजदर ११% रहेको छ । प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोडमध्ये १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री खुला गरिएकोमा भदौ २७ गतेसम्म करीब २ अर्ब १६ करोड (१४८%) को आवेदन प्राप्त भएको, जुन माग गरिएकोभन्दा ४८ प्रतिशतले बढी रहेको र ३६ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएकोमा भदौ २७ गतेसम्म करीब ४४ करोड रुपैयाँ (१२० प्रतिशत) आवेदन प्राप्त भएको, जुन माग गरिएकोभन्दा २० प्रतिशतले बढी रहेको र दुवैतर्फ गरी करीब २ अर्ब ६० करोड (१४२% माग गरिएकोभन्दा ४२ प्रतिशतले बढी) को उत्साहजनक आवेदन प्राप्त गरिएको छ । 


Advertisment
Nabil box
Kumari

केयर रेटिङ नेपालबाट ऋण पत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘केयर–एनपी ए’को ग्रेडिङ तथा बैंकलाई आईसीआरए नेपाल लिमिटेडले ए माइनस, आईसीआरएएनपी इस्योर रेटिङभि ए माइनस, केयर रेटिङ नेपालले केयर एनपीए आईएस ग्रेडिङ प्रदान गरेको छ । जारी गरिएको ऋणपत्र द्वितीय बजारमा खरीद बिक्रीको लागि सूचिकृत गरिने छ ।

Vianet communication
Laxmi Bank

नेपालको पूँजी बजारमा हाल बैकिङ क्षेत्र, बीमा क्षेत्र, जलविद्युत् क्षेत्र तथा केही उत्पादनशील क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएपनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको ऋणपत्रले थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

दीर्घकालीन ऋणपत्रले व्याजदरको उतारचढाव सम्बन्धी हाल विद्यमान अवस्था र बैंकिङ क्षेत्रमा विकराल समस्याको रुपमा रहेको एसिट लाइबिलिटी मेच्यूरिटी मिसम्याचलाई केही हदसम्म सम्बोधन गर्ने र दीर्घकालीन डेबिट इन्स्ट्रोमेन्टको अभावमा बैंक तथा वित्तीय संस्थाले हाल भोगिरहेको छोटो अवधिको निक्षेपबाट लामो अवधिको कर्जा प्रदान गर्नुपर्दा उत्पन्न भएको एसिट लाइबिलिटीको स्ट्रक्चरल मिसम्याचको अवस्थामा केही हदसम्म भएपनि राहत दिने र सोबाट दीर्घकालीन रुपमा बैंक तथा वित्तीय संस्थाको पूँजीको अवस्था अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ ।

‘उक्त तथ्यहरूलाइ मध्यनजर गर्दै बैंकले आगामी दिनहरूमा अझ थप आकर्षक प्रतिफल रहने गरी विभिन्न भुक्तानी अवधिका ऋणपत्रहरू सम्पूर्ण लगानीकर्ताहरूमाझ लिएर आउने प्रतिवद्वता पनि व्यक्त गर्न चाहन्छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले बैंकप्रति देखाएको असीम विश्वास ऋणपत्र बिक्री कार्यबाट थप उजागर भएको बैंकले जनाएको छ । बैंकका अनुसार सबल र स्वस्थ बैंकको रुपमा बैंकको ख्याति तथा सम्मान अझ थप प्रस्फुटित हुन गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x