माछापुच्छ्रे बैंकद्वारा स्मार्ट बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी

भदौ २८, २०७५

काठमाडौं – माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरेको छ ।

त्यातले ३ महिनाअघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । ५ हजार रुपैयाँ न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँसम्मको औषधी खर्चजस्ता सुविधा निःशुल्क पाउँदै आएका छन् ।


स्मार्ट बचत खाता खोलेकी त्यातले अस्पताल भर्ना खर्चको दाबी गरी रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् । माछापुच्छ्रे बैंकले अब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरी ७% पुर्याएको छ ।

बैंकले विभिन्न बचत खातामा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउन सक्ने छन् । यो व्यवस्थासँगै ग्राहकले बैंकले प्रदान गर्दै आएका अन्य सुविधासहित आफ्नो बचतको उच्चतम् प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको उत्कृष्ट ब्याजदर दिँदै आएको छ ।  

बैंकले स्मार्ट बचत खोलेबापत ग्राहकलाई निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क एमबीएल मोबाइल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क सि–आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबारजस्ता स्मार्ट सुविधा समेत प्रदान गर्दै आएको छ ।

बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २८ शाखारहित बंैकिङ सेवा समेत गरी १ सय १६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेको छ ।

भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस