×

NMB BANK
NIC ASIA

साढे ३३ किलो सुन प्रकरण उच्च अदालतमा : डिएसपी राउतको हकमा जिल्लाकै आदेश सदर

भदौ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–  माेरङ उर्लावारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको उच्च अदालत विराटनगरमा सुनुवाइ शुरु भएको छ । उच्च अदालत बिराटनगरले सुन तस्करी तथा सनम शाक्यको हत्याको सम्बन्धमा मुलुकी ऐन अ.बं.१७ नम्बर प्रयोग गर्दै निबेदन निएका प्रहरी अधिकृतहरुको सुनुवाइ शुरु गरेको हो ।

Muktinath Bank

यसअघि जिल्ला अदालत मोरङबाट सफाइ पाएका एकजना प्रहरी हवल्दार र  धरौटीमा छुटेका निलम्बित एसएसपी श्याम खत्रीका चालकलाई पुर्पक्षको लागि जेल हाल्ने निर्णय बाहेकका सबै निवेदन उपर सुनुवाइ हुँदै गर्दा जिल्ला अदालतको आदेश सदर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारदेखि सुनुवाइ शुरु भएको प्रहरी अधिकृतको पहिलो आदेशमा निलम्बित डिएसपी सञ्जय बहादुर राउत परेका छन्  । उनलाई पनि जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न भनिएको छ । उच्च अदालतका न्यायाधिश थिर बहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलाशले  सो आदेश गरेको हो ।


Advertisment
Nabil box
Kumari

आदेशमा भनिएको छ, मोहन काफ्लेको घरबाट बरामद भएको रजिष्टरमा  उल्लेखित संजय मामा भन्ने ब्यक्ति यिनै संजय राउन हुन  भनी सहप्रतिवादी बिष्णुबहादुर खड्काले लेखिदिएको, उक्त रजिष्टरबाट १२ लाख संजयबहादुर राउतले लिएको भन्ने उल्लेख भएको समेतका तत्काल प्राप्त प्रमाणका  आधारपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी यी निवेदकलाई मुद्दा पुर्पक्षका लागि  थुनामा राख्नु पर्ने अबस्था देखिन आयो । अत:  यी निवेदकलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने भनी जिल्ला अदालत मोरङबाट मिति २०७५/२/८ मा भएको  आदेशलाई बेरितको नदेखिँदा केही परिवर्तन गरिरहन परेन । 

Vianet communication
Laxmi Bank

आदेश पछि संजय राउतसँगै अब अन्य अधिकारीहरुको सुनुवाइ के हुने हो भन्ने चासोको बिषय बनेको छ । सुनकाण्डसम्बन्धी मुद्दाहरुमध्ये निबेदकको तर्फबाट दिईएको निबेदनमा २५ जनाको सुनुवाइका लागि विहीवार उच्च अदालतका बिभिन्न इजलाशमा पेशी चढेको थियो ।  

पेशी चढेकामध्ये ४ जनाको पेशी स्थगित भएको थियो भने २० वटा मुद्दा हेर्न नभ्याएको अदालतका शाखा अधिकृत राजु प्रसाद दाहालले जानकारी दिए ।  हेर्न नभ्याएकाहरुको पेशी शुक्रवारकाे इजलाशमा समेत हेरिने भएको छ । शुक्रवारदेखि थप निलम्बित प्रहरी अधिकृतहरुको हकमा सुनुवाइ हुनसक्ने अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x