×

NMB BANK
NIC ASIA

कञ्चनपुर घटनामा न्याय माग्दा बन्दुकको नाल, एक अधिकारकर्मीकाे बयान

भदौ २९, २०७५

NTC
Sarbottam
तस्बिर : कान्तिपुर
Premier Steels
Marvel

काठमाडौँ  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो ।

Sagarmatha Cement
Muktinath Bank

अाजकाे कान्तिपुर दैनिक लेख्छ-शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो, उसले उनलाई साह्रै बिझायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


‘योनीबाट रगतसमेत बगेकाले बलात्कार पनि लेख्नुपर्ने माग हाम्रो थियो, तर तीनमध्येका एक प्रतिनिधिले डाक्टरको रिपोर्ट नआई लेख्न मिल्दैन भने,’ लक्ष्मी भन्छिन्, ‘त्यसो हो भने हत्याचाहिँ डाक्टरको रिपोर्ट नआई कसरी लेख्न मिल्छ भनेर म कराएँ । निर्मलाले आत्महत्या पनि त गरेको हुन सक्छ नि भनें ।’


Advertisment
Nabil box
Kumari

कागजमा बलात्कार छुटाउने निर्णयले महिला मात्रै होइन, युवा पनि तातेपछि प्रहरीले निर्मलाको शव उठाउन सकेन । यसरी शव जलाउने निर्णय बिथोलिएकामा प्रहरी निकै क्रुद्ध भयो ।‘त्यसपछि हामीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार भयो, यति हुँदा पनि मैले भाइहरूलाई आवेशमा नआउन सम्झाइरहेकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘यसलाई पठायो भने सबै शान्त हुन्छ भनेर एक प्रहरीले मलाई त्यहाँबाट जबरजस्ती हटाउन खोजे । तर, म साँझ नपरी निस्किनँ ।’

Vianet communication
Laxmi Bank


‘भोलिपल्ट त बिहानै नगरपालिकाको फोहोर फाल्ने ट्याक्टरमा शव हालेर लाने तयारी भएको रहेछ, त्यो सुनेपछि म हुर्रिंदै अस्पताल पुगें,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ निर्मलाका बुबा यज्ञराज बेहोस अवस्थामा थिए । आमाको पनि बेहाल थियो । त्यसै बेला मामा भन्दै तीर्थराज भण्डारी भन्ने मान्छे आएर शव बुझ्ने तरखर गर्दै रहेछन् । त्यो देख्दा मेरो पारो चढेर आयो । कस्तो खालको मामा तपाईं भनेर तीर्थराजलाई हप्काएँ ।’


लक्ष्मीका अनुसार मामा पछि हट्न मानेनन् । ‘त्यसपछि प्रहरीले माइकिङ गर्दै हामीलाई घर फर्किन आदेश गर्‍यो, नटेरे बल प्रयोग गर्ने चेतावनी पनि दियो,’ उनी भन्छिन्, ‘हिजोजस्तै कुटपिट गर्ला भनेर अरू भागे, मचाहिँ कुटे पनि कुटोस् भनेर बसिरहें ।’


त्यस दिन पनि प्रहरीले शव उठाउन सकेन । १३ गते पनि यसरी नै प्रतिकार गर्न खोज्दा लक्ष्मी प्रहरीको आक्रोशमा परिन् ।


‘यसलाई ठीक नपारेसम्म झमेला भई नै रहन्छ, हाल् यसलाई भित्र भन्दै एक सई मेरो अघिल्तिर आए । उनले मलाई बन्दुकको नालैनालले पुट्ठा र ढाडमा हिर्काए,’ लक्ष्मी भन्छिन्, ‘दुखाइले म भुतुक्कै भएँ तर पनि भाग्न मन लागेन । हान् जति हान्छस् हान्, गोली नै हाने पनि खान तयार छु तर मेरी बहिनीको शव उठाउन दिन्नँ भनेर चिच्याएँ । उनले फेरि हिर्काए ।’


त्यसै बेला केही पत्रकार आइपुगे । ‘त्यसपछि चाहिँ त्यो सईले यसलाई पक्रेर लैजा भनेर महिला प्रहरीलाई अह्राए,’ लक्ष्मीले भनिन्, ‘भित्र बबिता बम हिरासतमा रहिछन्, मलाई पनि त्यहीँ लगेर थुनिदिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x