निर्मला हत्यापछिको त्यो डरलाग्दो अत्याचार

भदौ २९, २०७५

कञ्चनपुर – ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो ।
कात्पिुर दैनिक लेख्छ–अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो ।
प्रहरीले गरिब र सोझालाई छानी–छानी नियन्त्रणमा लिई चरम यातना दिएर अपराध कबुल गराउन खोजेको पीडित बताउँछन् । डर, धम्की र त्रास देखाएर पटक–पटक बलात्कार र हत्या कबुल गर्न दबाब दिएको उनीहरूको भनाइ छ । यसकै उदाहरण मध्येका दुई दिलिप विष्ट र चक्रदेव बडू पनि हुन् । उनीहरुलाई गर्दै नगरेको अपराध स्वीकार गर्न प्रहरीले चर्को दवाव दिँदै विभिन्न खालका धम्की समेत दिइयो ।


ADVERTISEMENT

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस