×

NMB BANK
NIC ASIA

यसरी मनाइँदै छ कर्णाली प्रदेशमा पहिलो पटक संविधान दिवस

भदौ २९, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सुर्खेत -  कर्णाली प्रदेश सरकारले संविधान दिवस मनाउने भएको छ । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा संविधान दिवस प्रदेश मूलसमारोह समिति गठन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

समितिमा प्रदेशभरका मन्त्री, सांसद, अदालतका प्रमुखहरू, कर्मचारीलगायतलाई सदस्यमा राखिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीका अनुसार असोनज १ गते विहान ८ बजे वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने, सोही दिन सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी सुर्खेतको समन्वयमा रक्तदान कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार असोज २ गते  गते प्रदेश राजधानीभित्रका मन्त्रालय, सवै सरकारी कार्यालय, नगरपालिका, उद्योगी व्यापारी र आमनागरिकसमेत सवै सरोकारवालाहरूले आ–आफ्नो कार्यालय परिसर, घर कम्पाउन्ड, घर अगाडीको सडक सरसफाइ गर्ने तथा सोही दिन  वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नेपालको संविधान र संघीयता विषयक अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ ।


Advertisment
Nabil box
Kumari

संविधान जारी भएको दिन असोज ३ गते साँझ दिपावली गर्ने कार्यक्रम तय भएको मन्त्री भण्डारीले बताए । यसका साथै  नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवाद प्रशारण गर्न स्थानीय टेलिभिजन, रेडियो तथा विशेष लेख रचना प्रकासन गर्न स्थानीय पत्र पत्रिकाहरूलाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

कसरी मनाइने छ संविधान दिवस ?
‘संविधान दिवस प्रदेशस्तरीय समारोह समितिको अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रदेशस्थित निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, बैंक तथा वित्तिय संस्था, प्रतिष्ठानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवा, मजदुर, किसान, महिला, सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्थाका पदाधिकारी, नागरिक समाज र संचार कर्मी, उद्योगी व्यवसायीका साथै समाजमा क्रियाशिल सवै सामाजिक संघसंस्थाका सदस्यहरू आ–आफ्नो  सघंसस्थाको व्यानरमा र सर्वसाधारण विहान ७ः३० बजे मंगलगढी चोकमा उपस्थित भइ प्रभातफेरी सहित संविधान दिवस कर्णाली प्रदेश मुल समारोह स्थल खुल्ला मञ्च घन्टाघरमा जम्मा हुने कार्यक्रम रहेको छ ।’ 

प्रचारप्रसार समितिका संयोजकसमेत रहेका मन्त्री भण्डारीले भने, ‘सामाजिक सघसस्थाहरुलाई विभिन्न भेषभुषा र संस्कृति झल्कने सांस्कृतिक झलक र झाँकी सहित सहभागी गराउन सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत हामीले गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x