सिटिजन्सद्वारा डोटीमा नगद वितरण कार्यक्रम

भदौ २९, २०७५

काठमाडौं – ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा  पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गूड नेबर इन्टरनेसनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय बाटो निर्माण गरेबापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको हो । डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले ३ हजार ६ सय ३३ परिवारलाई कूल नगद ५ करोड १७ लाख ७६ हजार ८ सय ३५ रुपैयाँ वितरण गरेको हो ।


ADVERTISEMENT

बैंकले देखाएको अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करीब ३ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहक वर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकएस्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले बताए ।

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस