हरिवंश आचार्यले ल्याए मार्मिक गीत  ‘जे भने नि हुन्छ’

भदौ २९, २०७५

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले मार्मिक गीतको भिडियो सार्वजनिक गरेका छन् ।

हरिवंशले दुखी गरिबको जीवन बोल्ने ‘जे भनेनी हुन्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा अरुप्रति चियोचर्चा गर्ने प्रवृत्तिलाई ब्यङग्य गरिएको छ । यो गीतको सर्जक आचार्य स्वयम हुन् । गीतमा उनकै शब्द, लयसंगै स्वर रहेको छ । जीवित जल्मीले संगीत संयोजन गरेका छन् ।


ADVERTISEMENT

भिडियोमा हरिवंश नै देखिएका छन् । हरिशरण सायमी रेकर्डिस्ट रहेको भिडियोमा मादलमा जीवित जाल्मी, बासुरीमा रबिन्द्र महर्जन, गितारमा अन्ताज नकर्मी र सारंगीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् । हरिवंश आचार्यको गीतलाई सुदन केसीले निर्देशन गरेका छन् ।

दीर्घ गुरुङको छायाँकन रहेको भिडियोलाई जिवन थापाले सम्पादन गरेका छन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो महसंचारकै युट्युब च्यानल मार्फत बिहीबार सार्वजनिक गरिएको हो ।
 

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस