×

NMB BANK
NIC ASIA

प्रदेश राजधानी छान्ने सकस : समितिको प्रतिवेदन दराजमै थन्कियो, राजधानी ‘गोदावरी’, नाम ‘खप्तड’

भदौ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – ७ नम्बर प्रदेशको राजधानी र नामाकरणबारे तयार पारिएको प्रतिवेदन बुझाएको झण्डै ४ हप्ता पुग्दैछ । तर, अझैसम्म संसदमा प्रवेश पाएको छैन । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिवेदन तयारीको लागि गठित विशेष समितिले भदौ ४ गते प्रदेश सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । तर, सो प्रतिवेदन संसदमा अझैसम्म प्रवेश नपाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य तारालामा तामाङको संयोजकत्वमा गठित ५ सदस्यीय विशेष समितिले पनि निकै ढिलो गरी प्रतिवदेन पेश गरेको थियो । साउन १४ गते गठन भएको समितिले प्रतिवेदन तयारीमै ३ हप्ता खर्चेको हो ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदन संसदमा प्रवेश नपाएपछि विशेष समितिका सदस्यले नै ढिलाइ भएको बताएका छन् । निकै चासो र सरोकारको विषयमा लिइएको प्रादेशिक राजधानी र नामाकरणलाई चाँडै टुंग्याउनुपर्ने आवाज समेत उठ्दै आएको छ ।

Vianet communication
Laxmi Bank

विशेष समितिकी सदस्य समेत रहेकी प्रदेशसभा सदस्यीय चुनकुमारी चौधरीले आफुले पटक–पटक सभामुख थापालाई प्रतिवेदन संसदमा कहिले प्रवेश हुन्छ भनी जिज्ञासा राख्दै आएको बताइन् । तर, आफूले पनि चाँडै प्रवेश पाउने आश्वासन मात्रै पाएको उनको भनाई छ ।

यसैबीच, सभामुख थापा राजधानी र नामाकरणबारे राजनीतिक तहमा अनौपचारिक छलफलमा सक्रिय रहेका छन् । नाम र राजधानीको विषय सहमतिमा टुंग्याउनको लागि यस क्षेत्रका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी दलका नेताहरु संग छलफल जारी राखेको सभामुख थापाले जनाए ।

‘प्रदेशको राजधानी र नामाकरणको विषय दूरगामी असर पार्ने विषय भएको हुँदा केही ढिलो भए केही फरक पर्दैन । त्यही हुनाले हामीले यहाँका स्थानीय, केन्द्र तहका नेता ज्यूहरूसँग छलफल गर्दै आएका छौ । हामी सकेसम्म सर्वसम्मत गर्ने तयारीमा छौ । हामी चाँडै नै यो विषयलाई टुंग्याउँछौ । अनिर्णयको बन्दी बनाउँदैनौ,’ सभामुख थापाले लोकान्तरलाई भने । उनले ती दुवै विषयमा एक विषयको बारेमा प्रतिपक्षी दलले प्रस्ताव गरोस् भन्ने अपेक्षा सत्तापक्षको रहेको बताए ।

सत्तापक्ष भित्रकै विवादले ढिलाइ

प्रादेशिक संरचनाको क्रममा प्रदेश निकै विवादित रहँदै आएको छ । हाल नामाकरण र राजधानीको नाम सिफारिसको क्रममा पनि सबै पार्टीभित्रको विवाद बाहिर आए । सत्तारुढ दल नेकपाभित्रका सांसद पनि २ कित्तामा उभिए । जसले प्रतिपक्षी दललाई थप बल पुगेको हो । 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराज पन्तले प्रतिवेदन बुझाएको धेरै समय बितेपनि हालसम्म अल्झ्याएर राखिएको बताए । समग्र प्रदेश सरकारकै कार्यशैली सुस्त रहेको ठोकुवा गर्दै उनले आफूहरू प्रतिवेदनबारे पटक–पटक सदनमा आवाज उठाएपनि कुनै सुनुवाइ नभएर आफूहरूलाई जवाफ दिन असहज भएको जनाए ।

उनले विशेष समितिबारे पनि आफूहरू पहिल्यैदेखि असहमति राख्दै आएको बताए । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व उक्त विशेष समितिमा गराउनुपर्ने आफूहरू अडान राखेपनि सत्ता पक्षले सुनुवाइ नगरेकोप्रति विमत्ति राख्दै आएको पन्तले बताए । ५ सदस्यीय सो समितिमा राष्ट्रिय जनता पार्टी बाहेक कांग्रेसका १ र बाँकी नेकपाका सांसदको सहभागिता रहेको छ ।

राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सत्तापक्ष भित्रको विवादले गर्दा विशेष समितिले तयार पारेको प्रतिवेदन सदनमा पेश हुनमा ढिलाइ भएको दाबी गरिन् । उनले सदन प्रवेश नगराएर प्रमुख प्रतिपक्षी दल र आमजनतालाई प्रदेश सरकारले गुमराहामा राखेको तर्क गरिन् ।

राजधानी ‘गोदावरी’ र नाम ‘खप्तड’ सिफारिस 

विशेष समिति स्रोतका अनुसार समितिले प्रदेशको सबै जिल्ला, भूगोल, समाजलाई मिलाउने गरी प्रादेशिक राजधानी र नाम सिफारिस गरेको दाबी गरिएको छ । जुन अनुसार स्थायी राजधानी तराईमा र नामाकरण पहाडी भूगोललाई समेटेर सिफारिस गरेको जनाइएको छ ।

निकट भविष्यमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई मर्ज गरी महानगर बनाउने परिकल्पनाका साथ राजधानी गोदावरी तोक्ने र नाम खप्तड राख्न सिफारिस भएको विशेष समिति स्रोतले जनायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x