बाघ र चितुवाको छालासहित चार जना पक्राउ

भदौ २९, २०७५

काठमाडौं– प्रहरीले बन्यजन्तु चितुवाको छाला र हड्डी तथा बाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको जमल र बौद्ध आरुवारीबाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका–९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् । काठमाठौं महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेड किलो सहित प्रहरीले पक्राउ गरेको हो ।


यसैगरी गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई आरुवारीबाट बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हो । बुधबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस