×

NMB BANK
NIC ASIA

'मनमर्जियाँ' फिल्म समीक्षा : रमाइलो अपरम्परागत प्रेमकथा

भदौ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — प्रेम र सम्बन्ध जटिल हुन्छन् – यो भनाइ तपाईंले थुप्रैचोटि पढिसक्नुभएको होला । अनुराग कश्यपले निर्देशन गरेको र आनन्द एल रायले निर्माण गरेको फिल्म मनमर्जियाँले यो भनाइलाई सुन्दरता र प्रौढताका साथ पर्दामा उतारेको छ । 

फिल्मको कथा प्रेम त्रिकोण जस्तो पुरानो सोचवरिपरि घुमेको भएपनि फिल्मको कथा भन्ने शैली नयाँ र अनौठो छ । अनुराग जस्ता विद्रोही फिल्ममेकर जहिले पनि परम्पराबाट बाहिर रहेर काम गर्छन् । 

कथा सरलताका साथ शुरू हुन्छ । रुमी (तापसी पन्नु) र विकी (विकी कौशल) एकअर्काको प्रेममा चुर्लुम्म डुबेका छन् । उनी जहिले भेट्दा पनि सेक्स गर्न आतुर रहन्छन् । त्यसो त उनीहरूको प्रेमले शरीरको सीमा पार गरिसकेको
छ । 

कथामा ट्विस्ट त्यतिखेर आउँछ जब तापसीको शयनकक्षमा दुवैलाई घरका मान्छेले रंगेहात समात्छन् । त्यसपछि रुमीको परिवारले उनलाई बिहे गर्न दबाब दिन्छन् । रुमीले गैरजिम्मेवार विकीलाई भोलिपल्ट परिवारलाई लिएर
बिहेको कुरा गर्न आउनू भन्छिन् तर विकी यसका लागि तयार छैनन् । 

रुमीलाई छोडेर विकी हिँडेपछि रबी (अभिषेक बच्चन) विदेशबाट बिहे गर्न भारत आउँछन् र रुमीको फोटो देखेर उनीसँग बिहे गर्न तयार हुन्छन् । विकीसँग रिसाएकी रुमी रबीसँग बिहे गर्छिन् तर त्यसपछि अनेकौं ट्विस्ट आउँछन् ।

मनमर्जियाँ फिल्मले आधुनिक समयको जीवनशैली र प्रेमलाई सटीक रूपमा देखाएको छ । अनुरागले पात्रहरूलाई यसरी प्रस्तुत गरेका छन् कि दर्शकले तिनीहरूमाथि नकारात्मक टिप्पणी गर्नुभन्दा पनि सहानुभूति राख्न थाल्छन् ।
रुमी र विकीको दैहिक प्रेमले छक्क त पार्छ तर तपाईं उनीहरूकै संसारमा हराउन पुग्नुहुन्छ । कनिका ढिल्लोनले लेखेको कथालाई अनुरागले गहिराइका साथ प्रस्तुत गरेका छन् । 

फिल्मका अनेकौं दृश्य रमाइला छन् । तिनलाई तपाईंलाई बहुल अनुभव दिलाउँछन् । रुमीको अन्तर्द्वन्द्वले दर्शकलाई बाँधिराख्छ अनि क्लाइमेक्स पनि प्यारो बनेको छ ।

अभिनयको कुरा गर्दा मनमर्जियाँ उम्दा छ । तापसी समकालीन अभिनेत्रीमा माझिएकी कलाकार हुन् र यो उनको करीयरको उम्दा फिल्म हो । उनले अपरम्परागत पात्रलाई विश्वासयोग्य तरिकाले प्रस्तुत गरेकी छन् । अभिषेक
बच्चनको अभिनय संयमित छ । क्लाइमेक्समा अभिषेक र तापसीको संवाद फिल्मको उच्चतम विन्दु हो । 

विकीले आफ्नै नामको पात्रलाई गजबले उतारेका छन् । उनको अनौठो लूक्सले पात्रलाई बलियो बनाएको छ । फिल्मका अन्य कलाकारको काम पनि राम्रो छ ।

फिल्मको संगीत पनि उम्दा छ ।

आफ्नो प्रियपात्रसँग तपाईं यो फिल्म हेर्न जानुभए हुन्छ ।

फिल्म : मनमर्जियाँ
कलाकार : तापसी पन्नू, विकी कौशल, अभिषेक बच्चन आदि
निर्देशक : अनुराग कश्यप
विधा : रोमान्टिक लभस्टोरी
रेटिङ : ४/५

Sagarmatha Cement
Muktinath Bank

नवभारत टाइम्सबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x