×

NMB BANK
NIC ASIA

जनकपुरधाम – गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधामको जानकी मन्दिरमा आउँदा २ जना बालकलाई नमस्कार गरे ।

Muktinath Bank

जानकी मन्दिर दर्शन गर्न जानकी मन्दिरमा पुगेका दुवै जना प्रधानमन्त्रीले माता जानकीको दर्शन गर्नुभन्दा पहिले प्राङ्गणमा सजाइएको सिंहाशनमा बसेका २ जना बालकलाई दुबै हात जोडेर प्रणाम गर्दै ती बालकलाई फूलको माला समेत लगाएका थिए । दुवै प्रधानमन्त्रीले बालकलाई ढोग्दा बालक द्वयले मोदी र ओलीलाई आशिर्वाद पनि दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै देशका प्रधानमन्त्रीले जसका सामु शीर झुकाए र जसले आशिर्वाद दिए, ती बालक को होलान् ? मोदी र ओलीले २ जना बालकलाई ढोगेर आशिर्वाद माग्नुको कारण दुवै बालक भगवान राम र सीताको स्वरूपमा सिंहाशनमा आशिन थिए ।


Advertisment
Nabil box
Kumari

जनकपुरधाम  उपमहानगरपलिका–८ स्थित बिहार कुण्डको आश्रममा बस्दै आएका १२ वर्षीय अनुषकुमार झा र ११ वर्षीय आकाशकुमार मिश्र राम र सीताको स्वरूपमा सजिएका थिए । नविकान्त झाका छोरा अनुष ‘राम’ बनेका थिए भने ध्रुबनारायण मिश्रका छोरा आकाश ‘सीता’ बनेका थिए ।

Vianet communication
Laxmi Bank

अनुष जनकपुरधामको याज्ञवल्क्य संस्कृत नमूना माविमा ७ कक्षामा र आकाश चिल्ड्रेन होली प्लेसमा ६ कक्षामा अध्ययनरत छन् । उनीहरू बिहार कुण्डको युगल विनोद कुञ्जमा बस्दै आइरहेका छन् । उनका बुवाका पूर्वज विगत वर्षौदेखि मन्दिरमा पूजाआजा गर्ने गर्छन् ।

मोदी आउने भएपछि जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बिहार कुण्डका महन्थ उदयकान्त शरणलाई भगवान राम र सीताको स्वरूपको झाँकी तयार गरेर ल्याउन अनुरोध गरेका रहेछन् । त्यसैअनुसार बैशाख २८ गते महन्थ उदयकान्त शरणले आकाश र अनुषलाई २ घण्टा लगाएर राम र सीताको स्वरूपमा सजाएका थिए ।

मोदी र ओली आउने दिन आकाश र अनुष बिहान ५ बजे ब्यूझिए । उठेर नित्य कर्म गर्दै नुहाएर तयार हुन बिहार कुण्डको मन्दिरमा आए । महन्थ उदयकान्त शरणले दुवै जनाको शृंगार गरे, पोशाक पहिर्याए र त्यसपछि मुकुट लगाइदिए । करीब २ घण्टाभन्दा बढी समय शृंगार गर्न लागेको महन्थ उदय शरणले बताए । बिहान १० बजे मोदी जानकी मन्दिर आउने कार्यक्रम तय भएकाले राम र सीताको स्वरूपमा सजिएका दुवै बालक ९ बजे जानकी मन्दिर पुगे ।

जानकी मन्दिरको प्राङ्गणमा सिंहाशन सजाइएको थियो । दुवै बालक सिंहाशनमा गएर बसे । उनीहरू भगवान राम र सीताजस्तै देखिइरहेका थिए । एकदमै स्थिर, शान्त र प्रशन्न मुद्रा भावमा आशन जमाएका थिए । मोदी आउनुभन्दा पहिले नै नेपालका प्रधानमन्त्री ओली जानकी मन्दिरमा आइपुगेका थिए । उनलाई मन्दिरभित्र बैठक कक्षमा बस्ने व्यवस्थापन गरिएको थियो । केही समयपछि भारतीय प्रधानमन्त्री मोदी पनि आए ।

मोदीलाई ओलीले स्वागत गरे । त्यसपछि मोदी जानकी मन्दिर प्रवेश गर्न लाग्दा सिंहाशनमा सजिएका ती राम र सीतालाई मोदीले दुवै हात जोडेर शिर निहुराउँदै ढोगे । त्यसपछि राम र सीता दुवैलाई फूल सहितको माला पहिर्याए । राम र सीताको स्वरूपमा सजिएका ती दुवै बालकले आशिर्वाद पनि दिए ।

‘त्यो दिन हामी दुवै जना अत्यन्तै खुशी थियौं । नेपालका प्रम ओली र भारतीय प्रम मोदीलाई लाइभ पहिलो पटक अत्यन्तै नजिकबाट हेर्न पाएका थियौं,’ आकाश र अनुषले लोकान्तरसँग भने, ‘हाम्रो आँखा अगाडि नै दुवै जनालाई हेर्न पाउँदा धेरै खुशी लागेको थियो ।’

‘मोदी र ओलीले हाम्रै सामुने हात मिलाएका थिए,’ अनुषले मोदी र ओलीबीच भएको कुरा सम्झिए, ‘मोदीले ओलीलाई चलिए अब हमारा रिश्ता पक्का होगया ।’ अर्थात्, हाम्रो सम्बन्ध अब बलियो भयो भनिएको थियो । मोदी त्यतिबेला अत्यन्तै भावुक बनेका जनाइएको छ । त्यसपछि मोदी र ओली जानकी मन्दिरमा पूजा गर्न भित्रपट्टि गए ।

प्रधानमन्त्रीको भ्रमणमा झाँकी बनेर प्रस्तुत भएका आकाश र अनुषको लागि भने त्यो नौलो मौका थिएन । उनीहरू विगतमा पनि जानकी नवमी, राम नवमी, राम जानकी विवाह पञ्चमी, झुला लगायत अन्य धार्मिक उत्सवमा राम र सीताको स्वरूपमा झाँकी बनिसकेका छन् । विगत ३ वर्षदेखि ती दुवै बालकले झाँकीमा सहभागिता जनाउने गर्छन् ।

महन्थ उदयकान्त शरणका अनुसार झाँकी बन्नु सामान्य कुरा होइन । कतिपय बेलामा ८ घण्टासम्म त्यही स्वरूपमा बालकहरू रहने गर्छन् । कसरी बस्ने, कसरी बोल्ने, कसरी मुखाकृति राख्ने, कसरी व्यवहार दर्शाउने ? लगायतबारे बालकलाई प्रशिक्षण दिने गरिएको छ ।

करीब ५० पटकसम्म राम र सीताको स्वरूप ग्रहण गरेका बालकको पढाइ–लेखाइमा असर पर्दैन त भन्ने सवालमा महन्थ उदयकान्त शरण भन्छन्, ‘यसरी झाँकी जाने भनेको धार्मिक अवसरका बेला मात्र हो, त्यो दिन प्रायः जसो विद्यालय पनि बन्द नै रहने गर्छ, जसकारण पढाइ–लेखाइ प्रभावित हुँदैन ।’ महन्थ उदयकान्त शरण अहिले ५० वर्षका भएका छन् । उनी आफैं पनि विगतमा बालक हुँदा हजारौं पटक राम र सीताको स्वरूपमा झाँकीमा सहभागिता जनाइसकेका छन् ।

उनका अनुसार त्रेता युगमा जतिबेला भगवान रामको साकेतबास (स्वर्गारोहण) भइरहेको थियो, त्यतिबेला भगवान हनुमानले पनि आफू पनि तपाईसँगै जान्छु, मैले तपाईको दर्शन कसरी गर्ने भनेर सोधेपछि रामले यसो भनेका थिए, ‘कुनै ब्राह्मण किशोरलाई पञ्च संस्कारले दीक्षित गरेर वैष्णव बनाई एउटालाई राम र अर्कालाई सीताको स्वरूप बनाए त्यही स्वरूपमा मैले दर्शन दिनेछु ।’

पञ्च संस्कार भनेको वैष्णव, नामाकरण, कण्ठी धारण, तिलक र विरक्त बनाउने परम्परा हो । यसरी नै मिथिलाञ्चलमा रामानन्दीय वैष्णव परम्परा अनुसार जानकी नवमी, राम नवमी, रामजानकी विवाह पञ्चमी, झूला लगायतको उत्सवमा राम र सीताको स्वरूप बनाएर झाँकी प्रदर्शन गर्ने गरिएको महन्थ उदयकान्त शरणले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x