×

NMB BANK
NIC ASIA

आर्थिक अभावमा हाते कागज उद्योग बन्द, बैंक तथा वित्तीय संस्थाले दिन मानेनन् ऋण

भदौ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत-आर्थिक अभावका कारण दैलेख गुराँस गाउँपालिका ७ ओखरेनीमा रहेको हाते कागज उद्योग बन्द भएको छ । गाउँपालिकामा रहेको एकमात्र उक्त उद्योग आर्थिक अभावका कारण बन्द भएको सञ्चालक प्रेम बहादुर रामजालीले बताए ।

Muktinath Bank

‘नेपाली हातेकागज बनाउन आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको रुपमा रहेको लोक्ता प्रसस्त हुँदाहुदै आर्थिक अभावमा कागज उद्योग बन्द गर्न बाध्य भएँ ।’ प्रेम नेपाली हाते कागज उद्योगका सञ्चालक रामजालीले भने, ‘कतैबाट आर्थिक सहायता पाएको खण्डमा पुनः उक्त उद्योगलाई सञ्चालन गर्ने थिएँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक अभावका कारण केही बर्षदेखि उद्योग बन्द गर्नुपरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

२०४९ सालमा उद्योगको रुपमा दर्ता गराएका रामजालीले बैंक तथा वित्तीय संस्थामा ऋणका लागि गुहारेपनि कसैले केही सहायता गर्न नसकेको बताए ।

Vianet communication
Laxmi Bank

‘ लोनमा रकम पाइने आशामा धेरै ठाउँ धाएँ ’ लोकान्तरसँग उनले दुखेसो पोख्दै भने, ‘जग्गाको लालपूर्जा देखाउदा समेत ऋण पाउन सकिएन ।’

उनले गरिब, निमुखाहरुसँग थोरै मात्र जग्गा हुने र उनीहरुको लालपुर्जा धरौटीमा बैंक तथा वित्तीय संस्थाहरु लिनै नमान्ने गरेको गुनासो सुनाए । ‘मैले कागज उद्योग पुनःसंचालनको लागि लोन लिन बैंकमा, कृषि कार्यालयमा गए, तर मलाई लोन दिइएन  उनले थपे ‘अहिले पनि उद्योग बन्द छ तर मैले दर्ता नविकरण गरिरहेको छु, र कर पनि तिरिरहेको छु ।’

उनले व्यवसाय संचालन गर्छु भन्ने व्यक्तीलाई प्रोत्साहन नदिने सकार र विभिन्न गैर सरकारी संस्थाहरुदेखि वाक्क लागेको बताए । ‘जहाँ पनि पहुँचको कुरा हुँदो रहेछ ’ उनले भने, ‘जसले काम गर्न चाहन्छ उसलाई सहायता गर्ने कमै रहेछन ।’

यो कागज उद्योग संचालनका बेला १६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए । तर अहिले बन्द भएपछि आफुहरु वेरोजगार बस्नुपरेको उद्योगमा काम गर्ने कर्मचारीहरु बताउँछन । उतिबेला रोजगारी पाएका स्थानीय रत्न बहादुर घर्तीले कागज उद्योग संचालन भइरहदा कमाई गर्न सजिलो भएको भन्दै अहिले बन्द हुदा समस्या भएको बताए ।

उनले कागज उद्योग संचालन भए धरै नाफा हुने भन्दै यसको संचालनको लागि आवश्यक पहल हुनुपर्नेमा जोड दिए । यता, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले सम्वन्धित व्यक्ति वा उद्योगका कर्मचारीहरु गाउँपालिकाको सम्पर्कमा नआएको बताए ।

‘हामीले गुराँसलाई समृद्ध बनाउने सपना बोकेर अघि बढेका छौं ।’ उनले भने, ‘त्यस्ता काम गर्न चाहनेहरुलाई गुराँस गाउँपालिका प्रोत्साहन गर्न तयार छ ।’ उनले गाउँपालिकाले नियमानुसार के कति गर्न सक्छ उद्योग सञ्चालनका लागि, त्यो गर्न तयार रहेको जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x