×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्ड : गृहमन्त्रीको ‘गोलमटोल’ जवाफ, सांसद असन्तुष्ट

भदौ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिन सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा गोलमटोल जवाफ दिएको सांसदले आरोप लगाएका छन् ।

Muktinath Bank

बिहीवारको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले घटनाबारे सरकारको जवाफ मागेपछि शुक्रवार गृहमन्त्रीले जवाफ दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, गृहमन्त्रीको जवाफ गोलमटोल भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

संसदमा जवाफ दिँदै गृहमन्त्री थापाले नागरिक स्तरबाट गम्भीर आवाज उठेपछि भदौ ७ गते उच्चस्तरीय छानबिन समिति बनेको, समितिले काम गरिरहेकै बेला पुनः भएको विरोध ध्वंशात्मक भई सरकारी सम्पत्तिमा क्षति हुने गतिविधि भएपछि रोक्न खोज्दा शनि खुनाको मृत्यु भएको तथा शहीद घोषणा गर्दै मृतक परिवारलाई क्षतिपूर्ति दिएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

घटनाबारे छानबिन तथा विस्तृत अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री थापाले दोषीलाई कानूनी कठघरामा ल्याउने, अनुसन्धानमा लापरवाही र गल्ती भए प्रहरीलाई दण्डित गर्ने र अपराध नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए । छानबिन समितिका सदस्य विरेन्द्र केसी सुरक्षाको कारण देखाउँदै समितिबाट अलग भएपनि सरकारले सुरक्षाको प्रत्याभूति गराएपछि समितिमा फर्किएर काम गरिरहेका गृहमन्त्री थापाले बताए ।

थापाको जवाफ सुनेपछि प्रश्नोत्तर समयमा बोल्दै अधिकांश सांसदले गृहमन्त्रीको जवाफ गोलमटोल भएको बताएका छन् । कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्रीले तथ्य तोडमोड गरेर अपराधी जोगाउने र अनुसन्धान प्रभावित हुने गरी दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग्नुभयो कि भएन भनेर प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले त्यस्तो अभिव्यक्ति प्रधानमन्त्रीले दिएको आफूलाई थाहा नभएको बताउँदै प्रधानमन्त्रीलाई आफूले जवाफ माग्नेभन्दा पनि प्रधानमन्त्रीले छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गम्भीर निर्देशन दिएको बताए ।

सांसद अमरेशकुमार सिंहले छानबिन समितिका सदस्यलाई नै धम्की दिने शक्तिशाली अपराधी को हो भनेर प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले भने, ‘छानबिनका लागि महेन्द्रनगरमा रहेका बेला मोटरसाइकलमा आएको शक्तिशाली देखिने मोटो–मोटो हेर्दाखेरी ठूलै जीउडालको मान्छेले धम्की दिएको रे !’ 

सांसद भरतकुमार शाहले ५० दिनसम्म अपराधी पत्ता नलाग्नु र २५ दिनसम्म अनुसन्धानमा खटिएका एसपीकै डीएनए परीक्षण गर्नुपर्ने अवस्था आउनुभन्दा लज्जास्पद के हुन सक्छ भनेर प्रश्न गरे । उनले भने, ‘अनुसन्धान सही हुन्छ भन्ने विश्वासिलो आधार दिन आग्रह गर्छु ।’

सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीको जवाफ गोलमटोल भएको बताउँदै सरकारको लाजमर्दाे कालखण्ड चलिरहेको बताए । ‘संसदीय समिति बनाएर पूर्ण छानबिन गर्नुपर्छ, घटनाको प्रमाण नष्ट गरिनु दुर्भाग्यपूर्ण छ ।’

सांसद रेगमति शाहीले गृहमन्त्रीको जवाफ आएजस्तो नलागेको बताउँदै सोधिन्, ‘हत्यारा पत्ता लगाउन कति वर्ष लाग्छ ?’ सांसद राजेन्द्रप्रसाद लिङदेनले सरकार यत्रो दिनसम्म किन अल्मलिएको भनेर प्रश्न गरे । ‘खास अभियुक्त कसलाई थाहा छ ? प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जसलाई बचाउन प्रमाण नष्ट गर्यो त्यसैबाट अनुसन्धान शुरू गर्नुपर्छ । अरु कुनै गोलमटोल कुरा गर्नु छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x