यू- १९ चौकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, भारत यू- १९ ‘ए’ ८ विकेटले विजयी

भदौ २९, २०७५

काठमाडौं – भारतको लखनउमा जारी चौकोणात्मक एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाली युवा टोली पराजित भएको छ ।

भारतको यू–१९ 'ए' टीमले नेपाली यू १९ टोलीलाई ८ विकेटले पराजित गरेको हो ।


नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य भारतीय टोलीले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन जोडेको थियो ।

नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने ।

तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए ।

यसअघि बुधबार पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो ।

प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार