फ्रान्समा पैदलयात्रीमाथि कार जोत्दा दुईजना घाइते

भदौ २९, २०७५

काठमाडौं — फ्रान्सको निमेसमा शुक्रवार बिहान एउटा कारले सुरक्षा बारनजिक पैदलयात्रीहरूलाई हिर्काउँदा दुईजना हल्का घाइते भएको एएफपीले जनाएको छ । 

कार जोतेपछि चालकले अल्लाहु अकबर भनी चिच्याएको प्रत्यक्षदर्शीहरूले बताए । तर यो आतंकवादी घटना भएको भनी आधिकारिक पुष्टि भएको छैन । 

सेतो पेउगो कार सुरक्षा घेरालाई तोड्दै शुक्रवार बिहान १ बजे भीडमा पुगेको थियो । चालक ३२ वर्षीय व्यक्ति भएको र घटनास्थलबाट भाग्ने क्रममा पक्राउ परेको बताइएको छ । 

ज्यान मार्ने उद्योगमा अनुसन्धान शुरू गरिएको स्थानीय अभियोजकले बताए । 

अभियोजक एरिक माउरेलले आरोपित पक्राउ पर्दा रनभुल्ल देखिएको र उनलाई अस्पताल पठाइएको बताए । यो घटना आतंकवादसँग जोडिएको भन्ने विषयमा फ्रान्सेली अधिकारीहरूले व्याख्या गरेनन् ।

एजेन्सी 


ADVERTISEMENT

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस