नाडा अटो शो– डेढ लाखदेखि १ करोड ५० लाखसम्मका सवारी बुकिङ [भिडियोसहित]

भदौ २९, २०७५

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०१८’ मा धमाधम बुकिङ शुरु भएको छ ।

नाडा र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा शुरु भएको नाडा अटो शो २०१८ को १३ औं संस्करणमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन् । 


ADVERTISEMENT

७१ कम्पनीहरूको सहभागिता रहेको १ सय ३४ वटा अटो स्टलमा अवलोकनकर्ता तथा ग्राहकहरुको भीड लागेको छ । 

अटो शो मा खासगरी महिन्द्रा, टाटा, टोइटा, फोर्ड, हुण्डाइ, होण्डा, सुजुकी लगायतका ब्राण्डका दुईपांग्रे तथा चारपांग्रे सवारी धमाधम बुकिङ भइरहेका छन् । 

अटो मेलामा डेढ लाख पर्ने स्कुटरदेखि दिएर डेढ करोड पर्ने चारपांग्रे सवारी साधन रहेका छन् । अटो मेलामा प्रर्दशनमा रहेका सवारी मध्ये सबैभन्दा सस्तो डेढ लाखसम्मको स्कुटर रहेको छ भने ४५ लाखसम्म पर्ने मोटरसाकल रहेको छ । यस्तै चारपांग्रे सवारी न्यूनतम २५ लाख पर्ने देखि डेढ करोसम्मका सवारी प्रदर्शनीमा राखिएको छ ।

दुईपांग्रे र चारपांग्रे सवारी बुकिङकर्ता मध्ये मध्यम स्तरका सवारी साधनको बुकिङ गर्नेको संख्या धेरै रहेको आयोजकहरुले बताएका छन् ।

मेलामा दुई पांग्रे, तीन पांग्रे्र र चार पांग्रे सवारी साधन, मोबिल र टायर लगायत पार्टपूर्जासहित सबै छन् । 

१३औं नाडा संस्करणमा गाडी खरिदकर्ताले नयाँ गाडी लञ्च गर्नुका साथै एक÷एक नयाँ र आकर्षक अफर ल्याएका छन् । 

नजिकिँदो दशैं तिहारलाई ध्यानमा राख्दै नाडा अटो शोबाटै सवारी साधन विक्रेताले खरिदकर्ताको लागि विभिन्न अफर तथा उपहार सार्वजनिक गरेका छन् । 

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस