मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सन् १८१५ मा तत्कालीन भारतको बेलायती सरकार र शाही नेपाली सरकारका बीचमा भएको सम्झौताअनुसार पश्चिम उत्तर सिमानाका सन्दर्भमा नेपाल सरकारले काली नदीभन्दा पश्चिमको भूभागलाई परित्याग गरेको हो । तर पछिल्लो चरणमा आएर भारत सरकारले उक्त सन्धिमा उल्लेख भएभन्दा बढी भूभाग कब्जा गर्दै आएको छ । भारतले नेपालका करीब ७४ स्थानमा सीमामा अतिक्रमण गरेको छ । दक्षिण सीमामा सुस्ता र महेशपुरमा ठूलो भूभागमा भारतले कब्जा जमाएको छ ।
सबैभन्दा बढी क्षेत्रफल कब्जा गरिएको क्षेत्र हाम्रो पश्चिम उत्तर सिमानाको कालापानी, लिपुलेक र लिम्पियाधुरा हो । सीमाविद्का अनुसार, यसको क्षेत्रफल ३९२ वर्गकिलोमिटर छ । कालापानी क्षेत्रमा भारत चीनका बीचमा भएको युद्धका दौरान सन् १९६२ देखि नै भारतीय सेनाले अड्डा जमाएर बसिरहेको छ ।
यो नेपाल र नेपालीका लागि चासोको विषय हुनु स्वाभाविक हो । यसमा अनौठो कुरा के छ भने सीमा अतिक्रमण गर्ने काममा भारत सरकार सक्रिय रूपमा लागिरहेको छ । तर नेपाल सरकार भने कानमा तेल हालेर बसिरहेको छ । यत्रो सीमा अतिक्रमण भइरहँदा पनि नेपालका सरकारहरू आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्नुको सट्टा भारत सरकारको सिमाना विस्तार गर्ने काममा नै सहयोग गरिरहेका छन् । नेपालको सरकारमा बस्नेहरूले लडाईं नभइकनको हार स्वीकार गर्दै आफ्नो मातृभूमिलाई अपहरित हुन दिइरहेको यतिखेरको अवस्थामा देशभक्त नेपालीहरू अघि बढ्नैपर्ने आवश्यकता सिर्जना भएको छ ।
नेपालको नक्साको प्रसंग
तत्कालीन राजा महेन्द्रको मौखिक आदेशमा कालापानीमा भारतीय सेना राखिएको थियो भन्ने मान्यता रहँदै आएको छ । त्यसपछि नेपालमा धेरै सरकारहरू बदलिए, संविधानहरू बदलिए, व्यवस्था नै बदलिए । तर कालापानीमा भारतीय सेना यथावत् बसिनैरह्यो । त्यसबारे आधिकारिक रूपमा कुनै पनि सरकारले यस विषयमा प्रश्न उठाएको थाहा पाइएको छैन । आधा शताब्दीदेखि यो क्रम चलिरहेको छ । तर जनस्तरबाट, खासगरी कम्युनिस्टहरू र देशभक्तहरूका तर्फबाट पटकपटक विरोध र आन्दोलन पनि हुँदै आएका छन् । परन्तु अहिलेसम्म न दुई देशका बीचमा कुनै सम्झौता वा आधिकारिक सहमति नै भएको छ, न त फील्डमा यसको कुनै असर नै देखापरेको छ ।
पछिल्लो चरणमा आएर यसबारे जनचासो किन बढेको छ भने भारत सरकारले लिम्पियाधुरा मात्र होइन, कालापानी र लिपुलेक पनि गायब भएको नेपालको नक्शा तयार पारेर नेपालमा छ्यापछ्याप्ती पारेको छ । नेपालको पाठ्यक्रममा पनि त्यही नक्शा पढाइन्छ । त्यतिमात्र होइन, नेपाल सरकारका मन्त्रालयहरूमा र सम्भवतः प्रधानमन्त्रीको कार्यालयसम्ममा पनि त्यही नक्शा टाँगिएको होला । यसबारे नापी विभागका उपमहानिरीक्षकसँग सोध्दा ‘हामीले आफ्नो नक्शा तयार पारेर सरकारलाई दिएका छौं र भारत सरकारले हाम्रो सीमा मिचेर बनाइएको नक्शा प्रचार गरिरहेको कुरा पनि बताएका छौं । तर सरकारले वास्ता नगरेपछि हामीले के गर्ने’ भन्ने जवाफ दिएका छन् । यसबाट के कुरा स्पष्ट हुन्छ भने यस सरकारका केही मन्त्रीहरू, उच्च ओहोदा सम्हालेर बसेका कर्मचारीहरू आदिकै यसमा संलग्नता छ । उनीहरूसँग साँठगाँठ गरेर मात्रै भारत सरकारलाई यो चलखेल गर्न सजिलो भएको हो । यसकारण, यो हाम्रो देशको सीमा सुरक्षाको समस्या निकै जटिल र गम्भीर बनेको छ ।
निशान छाप पनि उस्तै
निशान छाप भनेको कुनै पनि देशका निमित्त महत्त्वपूर्ण आधिकारिक चिह्न हो । त्यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि महत्त्वपूर्ण चिह्नका रूपमा लिने गरिन्छ । पासपोर्ट जस्ता विश्वासिला दस्तावेजमा यसको प्रयोग गरिन्छ र यसलाई आधिकारिक मान्यता प्राप्त हुन्छ । निशान छाप नभएका दस्तावेज अपूरो मानिन्छ । तर पत्याउन नै गाह्रो पर्ने एउटा तथ्य के छ भने यो सरकारले दुईवटै निशान छापलाई उत्तिकै प्रयोगमा ल्याएको बुझिएको छ । एउटा निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालबाट हटाएर नेपालको नक्शा बनाइएको छाप स्पष्टसँग देख्न सकिन्छ । यस सरकारका मन्त्रीहरू, उच्च ओहोदाका कर्मचारीहरूको मिलेमतो नभइकन कसरी यो सम्भव हुन सक्छ ? देशका विरुद्ध, विदेशका निमित्त, काम गर्ने मानिस त्यो तहसम्म ठूलो संख्यामा यसमा खुलै रूपमा लागिरहेका छन् भने नेपालको सीमासम्बन्धी समस्या मात्र होइन, नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्ने विषय कति जटिल र गम्भीर बन्न पुगेको छ, यो सहजै अनुमान गर्न सकिन्छ ।
लिपुलेकको प्रश्न
तत्कालीन भारतको ब्रिटिश कम्पनी सरकार र नेपाल सरकारबीचमा भएको सन् १९१५ को सुगौली सन्धिको धारा ५ मा नेपालको कालीनदीभन्दा पश्चिमको भूभाग नेपाल सरकारले सुम्पिएको देखिन्छ, अर्थात् नेपाल र भारतबीचको सीमा कालीनदी भनिएको छ । त्यो कालीनदी भनेको अहिलेको कुटीयाडनदी हो, जसको मुहान लिम्पियाधुरा हो ।
सन् १९१५ मा भएको सुगौली सन्धिलाई मान्दाखेरी अहिले हामीले दाबी गर्ने यही सिमाना हो, पश्चिम उत्तरको सिमाना लिम्पियाधुरा । तर भारत सरकारले नक्कली काली नदी तयार गरेर कहिले यसको उद्गमलाई लिपुलेक भन्ज्याङ र कहिले टिंकर भञ्ज्याङलाई देखाइरहेको छ । स्पष्ट शब्दमा भन्ने हो भने भारतले सुगौली सन्धिको उल्लंघन गरेको छ । अहिलेको महाकाली नदी भनेकै कालीनदी हो र त्यसको उद्गम लिम्पियाधुरा नै हो । यसको उल्लंघन गरिन्छ भने महाकाली सन्धिकै उल्लंघन हुन जान्छ र नेपाल सरकार र हामी नेपाली जनताले यसलाई त्यही रूपमा बुझ्नुपर्दछ । यो कुरा नेपाल सरकारले भारत सरकारसँग उपयुक्त मञ्चमा छलफल गरेर चाँडै नै टुंगो लगाउनु जरूरी छ । यो समस्याले हाँगो हाल्दै गयो भने भविष्यमा झन् धेरै ठूला जटिलता पैदा गराउन सक्दछ ।
झण्डै दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी चिनफिङको उपस्थितिमा बेइजिङमा एउटा वाणिज्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस सम्झौतामा भारत र चीनको व्यापारिक नाका नेपालको लिपुलेकलाई नै बनाइएको छ । यसबाट केही गम्भीर प्रश्न खडा भएका छन् । भारत सरकारले नेपाललाई यति हेपेको छ कि उसले नेपालको यो भूभागलाई आफ्नो भागका रूपमा लिएर त्यसलाई लागू पनि गराउन थालेको छ । यो त्यसैको प्रमाण हो । अर्को देशको भूभागलाई आफ्नो हो भनी तेस्रो देशसँगको सम्झौतामा जोड्नुले लिपुलेकको समस्या झन् गम्भीर बनेको छ । यसमा थप जटिलता के पनि भएको छ भने अहिलेसम्म चीनले सधैं नेपालको अखण्डता र सार्वभौमिकताको पक्षमा बोल्दै र त्यसैअनुसारको व्यवहार गर्दै आएको छ । तर नेपालसँग सोधपुछ नै नगरी भारतसँग लिपुलेकलाई दुई देशबीचको नाका कायम गरेर चीन सरकारले सम्झौतामा हस्ताक्षर गर्नुले स्थिति धेरै जटिल भएको संकेत गर्दछ । यसबाट अब लिपुलेकसम्बन्धी विषय चीनसँग समेत वार्ता गरेर समाधान गर्नुपर्ने विषय बनेको छ । हामीले यस विषयमा ढिलो नगरिकन अगाडि बढ्नु आवश्यक छ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...