सामसङको आधिकारिक सेवा केन्द्र केएल मल नारायणगढमा शुरू

भदौ २९, २०७५

चितवन – सामसङको आधिकारिक सेवा केन्द्र नारायणगढको तेजमान प्लाजा पुल्चोकबाट लायन्स चोक नारायणगढ केएल मलको दोस्रो तलामा शुरू भएको छ ।

केन्द्रको उद्घाटन आईएमएस सेल्स हेड रामश्रेष्ठ र आईएमएस सर्भिस म्यानेजर कुनाल गुरुङले गरे । 


ADVERTISEMENT

कार्यक्रममा बोल्दै आईएमएस सेल्स हेड राम श्रेष्ठले भने, ‘हाम्रा अमूल्य ग्राहकलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकलाई बिक्रीपछिको सेवा प्रदान गर्नु हो ।’

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस