×

NMB BANK
NIC ASIA

स्वास्थ्यकर्मीको लापरवाहीले महिलाको मृत्यु

भदौ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत-  स्वास्थ्यकर्मीको लापरवाहीका कारण जाजरकोटमा एक महिलाले ज्यान गुमाउनु परेको छ ।

Muktinath Bank

जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–५ थलह बजारमा रहेको जयलक्ष्मी मेडिकल हलमा उपचारका लागि गएकी सोही नगरपालिका–१० नल्फुकी पञ्चकला नाथको स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सामान्य ज्वरोको उपचारका लागि उनी त्यहाँस्थित जयलक्ष्मी मेडिकल हलमा गएकी थिइन् ।’ मृतकका छोरा किशोर नाथ योगीले भने, ‘सोही मेडिकलका सञ्चालक तथा उनको उपचारमा संलग्न भएका तिलकबहादुर बोहराले गलत सुई लगाउँदा नाथको मृत्यु भएको हो ।’ उपचारका क्रममा लापरबाही गरेकोले आमाको मृत्यु भएको मृतक पञ्चकलाका छोरा किशोर नाथले बताए ।


Advertisment
Nabil box
Kumari

घटनापछि मेडिकलका सञ्चालक बोहोरालाइ प्रहरीले पक्राउ गरेको छ । मृतक पञ्चकलाको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लिन लागिएको प्रहरी निरीक्षक लोकबहादुर विष्टले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

सुर्खेतस्थित ‘जयलक्ष्मी मेडिको फर्म’को नामबाट बोहराले थलह बजारमा मेडिकल सञ्चालन गर्दै आएका छन् । मेडिकल सञ्चालनका लागि फार्मेसी अध्ययनसहित मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिनु पर्ने प्रावधान छ । तर, उनले अर्कोको नामबाट २०५४ सालदेखि अवैध रुपमा मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल सञ्चालक बोहरालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला सदरमुकाम लिइने प्रहरी निरीक्षक विष्टले बताए । स्थानीय प्रशासले गत वर्ष गरेको अनुगमनका क्रममा बोहोराले आफूले सञ्चालन गरेको मेडिकल अवैध भएको स्वीकार गर्दै बन्द गर्ने कागज गरेका थिए । मृतकका आफन्तले बोहोरालाई कारवाही तथा क्षतिपुर्तीको माग गर्दै प्रर्दशन समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x