रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा पोखरेल नियुक्त

भदौ २९, २०७५

काठमाडौं- सरकारले रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ।

 सो पदको नियुक्ति पत्र जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले बर्लिन स्थित नेपाली राजदूताबासमा शुक्रबार हस्तान्तरण गरे। 


ADVERTISEMENT

वाणिज्यदूतमा नियुक्त भएसँगै चन्द्रगढी झापाका पोखरेलले सरकारले अफूलाई प्रदान गरेको यो अवसरप्रति आभार प्रकट गरेका छन् । 

उनले रोमानियामा अवैतनिक वाणिज्यदूतको आवश्यकतादेखि सिफारिस गर्ने रसियाका तत्कालिन नेपाली राजदूत सूर्य किरण गुरुङ, यसको पहल गर्ने राजदूतहरु डा. रबि मोहन सापकोटा, मोहन कृष्ण श्रेष्ठ, ऋषिराम घिमिरे र रमेश खनाल, गैरआवासीय नेपाली संघका तर्फबाट आईसीसीका पूर्व अध्यक्ष देवमान हिराचन,  संरक्षक राम प्रतापलगायत प्रति उनले आभार प्रकट सहित धन्यबाद ज्ञापन गरेका छन् ।
 

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस