×

NMB BANK
NIC ASIA

‘गीत गाउँछु’ भन्ने सोचेकै थिएनन् अशोक दर्जीलाई चर्चामा ल्याउने टंकले

भदौ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ठूलो भएर के बन्ने ? सानो छँदा जो कोहीलाई सोधिने प्रश्न हो यो । विद्यालय, घरपरिवार, साथिभाई, आफन्त सबैतिर बारम्बार यो प्रश्न तेर्साइन्छ । गायक तथा संगीतकार टंक बुढाथोकीलाई पनि सानोमा यो प्रश्न खुवै सोधियो । जसको उनीसंग एउटै जवाफ थियो, –डाक्टर, इञ्जिनियर । जसमा परिवारको सपना पनि मिसिएको थियो । झापामा जन्मिएका टंकले एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरे । पढाइमा तेजिता उनी । स्वभाविक पनि थियो उनको सपना । 

Sagarmatha Cement
Muktinath Bank

‘म पढाईमा निकै तेजिलो थिए, त्यसैले पनि सानैदेखि डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने धारणा थियो’– उनी त्यो समय सम्झन्छन् । उनले एसएलसीमा राम्रै अंक ल्याएर पास गरे । एसएलसिको ढोका पार गरेसँगै उनी काठमाडौं आएर साइन्स पढ्न थाले । सानो छँदा भविष्यमा डाक्टर, इञ्जिनियर बन्ने सपना बोकेका टंक अहिले चर्चित गायक तथा संगीतकार बनेका छन् । उनले स्वर दिएका तथा संगीत भरेका दर्जनौं गीत स्रोता दर्शकको मुखमा झुण्डिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी संगीततिर मोडियो सपना


Advertisment
Nabil box
Kumari

एसएलसीमा राम्रो अंक ल्याए पश्चात टंक काठमाडौं आए । काठमाडौं आएर आईएसी पढन् थाले । त्यही बेला हो, उनी अनायासै संगीतमा जोडिन पुगे । ‘आइएसी पढदासम्म संगीतमा लाग्छु भन्ने कल्पना नै थिएन’ उनी सम्झन्छन् –‘२०६२ सालतिर हो, म एसएलसी सकेर काठमाडौं आएर आईएसी पढदै गर्दा अनायासै संगितमा जोडिएँ ।’ टिका बुढाथोकी सांगीतिक क्षेत्रमा उनका नजिकका थिए । उनकै प्रेरणाले पढ्नका लागि काठमाडौं आएको ठिटो एकाएक संगीतमा लाग्यो । टंक टिकासंगै संगीत सिक्न थाले । प्लस टू पढ्दै गर्दा २०६३ सालमा उनले एल्वम निकाले । आफ्नै स्वर र संगीतमा ‘फुलेको राम्रो लालिगुँरास’ बजारमा ल्याएका टंक त्यसपछि सांगीतिक क्षेत्रमा आफ्नो भविष्य देख्न थाले । उनमा संगीतमा लाग्छु भन्ने कल्पना नभएपनि गीतसंगीतका भने उनी सानैदेखिका स्रोता हुन् । ‘गीत संगीत नै मन नपर्ने होइन, म सानैदेखी राम्रो स्रोता थिए । तर यसरी गीत नै गाउँछु, गायक बन्छु, संगीतकार बन्छु भन्ने कुनै सोच ममा थिएन’– विगतलाई सम्झिदै उनले सुनाए । 

Vianet communication
Laxmi Bank

सांगीतिक क्षेत्रमा लाग्छु भनेर कहिल्यै नसोचेका उनी यो क्षेत्रलाई बुझ्न थाले तव संगीतमै उनको मोहनी बस्यो । अन्नतः उनी गीत संगीतलाई नै पेशा बनाउँछु भनेर बढो मेहनतका साथ लागिपरे । २०६८ सालसम्म भने उनको सांगीतिक यात्रा धिमा रुपमा मात्रै रहयो । त्यो समयमा उनी संगीतका प्रारम्भिक सिकाइ चरणहरू पार गरे । उनको आशय थियो संगीतमा लागेपछि सबै खालका श्रोता, दर्शकको मन जित्नुपर्छ । २०६८ सलपछि भने उनी व्यवसायिक रुपमै संगीतमा समर्पित भए । 

यसरी चढे सफलताको सिँढी 

२०६३ सालमा आफ्नै स्वर र संगीतमा गीत बजारमा ल्याएपनि उनी चलचित्र‘जंजिर’को ‘किन गाह्रो गाह्रो हुन्छ’बाट मात्र नोटिसमा परे । जुन चलचित्र २०६९ सालमा प्रदर्शनमा आएको थियो । तब उनी स्रोता तथा चलचित्रकर्मीको नजरमा पर्दै गए । ‘यही गीत नै मेरो सांगितिक यात्राको टर्निङ प्वइन्ट बन्यो’, उनले थपे, ‘त्यसपछि मात्रै चलचित्रका गीतमा फड्को मार्दै गएको हुँ ।’ त्यसपछि उनको स्वर र संगीतमा ‘हिम्मतवाली’ चलचित्रमा समावेश गीत ‘काली तिम्रो नजरैले गोली मार्यो’ हिट भइदियो । जसले उनको सांगीतिक करियरमा ईटा थप्ने काम गर्यो । त्यसको केही समयपछि ‘हवल्दार सुन्तली’को ‘घण्टी बज्यो घण्टी बज्यो’ गीत सार्वजनिक भयो । यसलाई पनि स्रोता दर्शकले मन पराए । क्रमश उनी निर्माता निर्देशकको नोटिसमा पर्दै गए ।

‘मेरो कामहरु विस्तारै स्रोता दर्शकले रुचाइदिनुभयो,’ उनले भने त्यसपछि निर्माता निर्देशकहरुले मलाई विश्वास गर्न थाल्नुभयो ।’ गतवर्षको सफल चलचित्र ‘सत्रुगते’को ‘रुपै मोहनी’ बोलको गीतबाट टंक थप चर्चामा पुगे । जुन गीतमा उनले स्वर र संगीत भरेका थिए । त्यसपछि टंकले झापाबाट अशोक दर्जीलाई काठमाडौं ल्याएर गीत रकर्ड गराए, भिडियो बनाए ।

‘धन विनाको मन ठूलो कि मन विनाको धन’बोलको गीतलाई हरेक उमेर वर्गका स्रोता तथा दर्शकले रुचाए । अशोकको परिवारका लागि घर निर्माण गरिदिए । यद्दपी टंक अशोकका विषमा केही विवादमा पनि फसे । अशोकलाई अरुसँग गीत गाउँन नदिएको भन्दै टंकको आलोचना भयो । जे होस् सांगीतिक क्षेत्रमा टंक चर्चामा रहे । टंकलाई आम रुपमा चर्चाको शिखरमा पु¥याउन अशोकले पनि ईट्टा थपे ।

आजसम्म आइपुग्दा टंक एक सफल गायक तथा संगीतकारको रुपमा परिचित भइसकेका छन् । पछिल्लो समय अशोकका कारण पनि उनी थप चर्चामा छन् । टंकले स्वर दिएका तथा संगीत भरेका गीतहरु धमाधम हिट भइरहेका बेला उनले झापाका अशोकलाई काठमाडौं ल्याएर गीत रकर्ड गराएका थिए । जसले उनीप्रति आम–श्रोता तथा दर्शकले माया प्रेम अनि सद्भाव दर्शाए । त्यसलै पनि टंक धेरै स्रोता, दर्शक मात्र नभई आम नेपालीमा परिचित बन्न पुगे । उनले अहिलेसम्म १ सय बढी गीतमा संगीत तथा ५० वटा भन्दा बढी गीतमा स्वर दिएका छन् । जसमध्ये दर्जन बढी गीत हिट छन् ।

बढ्दो व्यस्तता  

टंकको सफलता र लोकप्रियता बढीरहेको छ । यो सफलतासंगै उनी देश तथा विदेशका सांगितिक कार्यक्रममा अत्याधिक व्यस्त बन्न थालेका छन् । ‘अहिले विदेशमा हुने कार्यक्रमहरुमा भ्याइनभ्याइ छ, उनले भने ‘केही दिनको कार्यक्रम सकाएर बिहीवार यूकेबाट फर्किएँ, असोजमा जापान जाँदैछु ।’ उनी सांगीतिक कार्यक्रमका लागि थुप्रै देशमा पुगिसकेका छन् । स्टेज कार्यक्रमहरुले उनको आम्दानी पनि ह्वात्तै बढेर गएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x