×

NMB BANK
NIC ASIA

धनगढी उपमहानगरपालिकाको प्रगति मोबाइलबाटै हेर्न सकिने

भदौ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको भौतिक र वित्तीय प्रगति विवरण अब मोबाइलमार्फत् हेर्न र लागेको गुनासो राख्न पाइने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन पूर्वाधार व्यवस्थापन प्रणाली ims.susasan.org/dhangadhi लगअन गरेर अथवा मोबाइल एप्सबाट हेर्न सकिने भएको हो । योङ इनोभेन्स र धनगढी उपमहानगरपालिकाको सहकार्यमा करीब १७ लाख रुपैयाँको लागतमा सो प्रणाली शुरूवात गरिएको छ । शनिबार एक कार्यक्रमबीच ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योङ इनोभेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विभुषण विष्टले भौतिक विकासलाई प्रविधिसँग जोडेर आईएमएस प्रणालीको विकास भएको बताए । जुन प्रणालीमार्फत् धनगढी उपमहानगरपालिकाको सबै वडाको भौतिक पूर्वाधार विकास र वित्तीय प्रगति विवरण हेर्न सकिने छ । बजेट छनौट प्रक्रियादेखि नै सो प्रणालीमा इन्ट्री गरिने हुँदा वडा स्तरको बजेट कार्यक्रम, भौतिक प्रगति विवरण देखाउने गर्दछ ।  यतिमात्रै नभई सम्बन्धित सरोकारवाला निकायले ‘जीपीएस लोकेसन’ सहित अनुगमन गर्न सकिने बिष्टले बताए ।


Advertisment
Nabil box
Kumari

नगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा संयन्त्र गठन भएको हुँदा भौतिक पूर्वाधार विकासको गुणस्तरबारे सम्बन्धित सरोकारवाला निकायलाई आमउपभोक्ताले अनलाइन तथा मोबाइल एप्समार्फत् नै गुनासो गर्न सकिने सीइओ बिष्टको भनाई छ । नेपालमै पहिलो पटक शुरूवात गरिएको यो प्रविधिले पूर्वाधार सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने हुँदा सुशासनलाई समेत प्रवद्र्धन गर्ने दाबी गरिएको छ ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले विकासलाई प्रविधिसँग जोड्नुपर्ने आजको आवश्यकता भएको बताए । प्रविधिलाई नेपालले पुछ्याउन नसक्दा विकास निर्माणको आयोजनामा पारदर्शिता, गुणस्तरलगायत सवालमा प्रश्न चिह्न उठ्दै आएकोले प्रविधिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । जसको लागि राज्यको सबै निकायदेखि लिएर आमनागरिकले समेत प्रविधिबारे सूसुचित हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x