×

NMB BANK
NIC ASIA

सुर्खेत – पेशा एकदमै भिन्न, व्यस्तता फरक । तर पनि कर्णालीमा यस्ता नाट्यकर्मी छन्, जो अहिले पनि रंगमञ्चमा जमेका छन् ।

Muktinath Bank

दैलेख जिल्लाको नारायण नगरपालिका–९ साँढुमा जन्म लिएका कर्णालीका प्रख्यात नाटककार हुन् गणेशभक्त गौतम । सानै उमेरमा गाउँका बृद्धबृद्धा, आफ्नै बुवा तथा आफन्तको हिँडाइ, बोलाइलाई नक्कल गर्ने, हाँसो गर्ने उनीहरूको भनाईलाई जस्ताको तस्तै अरुलाई सुनाउने बानी बसालेका गौतम अहिले नाटककार, नाट्यकर्मी, निर्देशक भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेशाले स्वास्थ्य अधिकृतको रुपमा जागिरे गौतमले अहिले पनि नाटक खेल्ने, निर्देशन गर्ने, नाटक लेख्ने काम गर्दै आइरहेका छन् । ‘मेरो रुचि सानैदेखि हाँस्य कलाकार बन्ने नै थियो,’ विगत सम्झँदै नाटककार गौतमले भने, ‘त्यसैको फलस्वरुप मैले जिल्ला जनस्वास्थ्य कार्यालयमा अधिकृत रहँदा–रहँदै पनि नाट्य क्षेत्र छाड्न सकिन ।’


Advertisment
Nabil box
Kumari

उतिबेला विद्यालयमा हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा उनले सशक्त रुपमा भाग लिने गर्दथे । ‘म बरु अन्य दिन विद्यालय जान्थेन । तर, शुक्रबार भने मैले कहिल्यै छुटाइन,’ उनले भने, ‘सायद मेरो मन मुटुमा त्यतिबेला नै नाटककार बन्ने सपना बसिसकेको थियो ।’ उनले दैलेखको भाषा पाठशालामा अध्ययन गरेका थिए । उनको प्राथमिक शिक्षा श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।

Vianet communication
Laxmi Bank

उनी निमावि र मावि तहको अध्ययन पूरा गर्न सुर्खेत झरे । सुर्खेतमा रहेको जन माध्यमिक विद्यालयमा उनले अध्ययन गरी २०४३ सालमा एसएलसी उत्तीर्ण गरे । उनी ५ कक्षामा अध्ययन गर्दैगर्दा स्टेज कार्यक्रममा सहभागी हुन थालिसकेका थिए । ‘सबैभन्दा पहिले मैले २०३८ सालमा स्वदेश फर्कने अठोट भन्ने नाटकमा महिला कलाकारको भूमिकामा पहिलो पटक स्टेज कार्यक्रममा सहभागिता जनाएको थिएँ,’ उनले भने, ‘उक्त दिनको मेरो प्रस्तुतीले मलाई यस क्षेत्रमा लागि रहन थप प्रेरणा, उत्साह दियो ।’

माध्यमिक शिक्षा उत्तीर्ण गरे लगत्तै नाटककार गौतम डाक्टर बन्ने सपना बोकेर काठमाडौंको अमृत साइन्स कलेजमा २०४४ सालमा भर्ना भए । त्यहाँ अध्ययन गरिरहँदा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अहिलेको नेपाल एकेडेमीमा अभिनय तथा निर्देशन कक्षा समेत लिन भ्याए ।

‘त्यही क्रममा एकेडेमीको नाटक, राष्ट्रिय नाचघरका स्टेजका विभिन्न नाटकमा भाग लिएँ,’ उनले भने, ‘२०४६ सालमा मैले नेपाली फिल्म कमारोमा समेत अभिनय गरेको थिएँ ।’ करीब डेढ सय आफ्ना र अरुका नाटकमा नाट्यकर्मीको भूमिकामा देखिइसकेका नाटककार गौतमले करुण रस, रौद्र रस, हाँस्य रस, क्रान्तिकारी रस, शृंगार रस लगायतका सबै भूमिकामा उनी सशक्त रुपमा अभिनय गर्ने गरेका थिए । ‘तर, मेरो शुरूवाती चरण हाँस्य रस नै बढी प्राथमिकतामा थियो,’ उनले भने, ‘मेरो जिउडाल जुनसुकै रसका लागि पनि फिट हुने भएका कारण पछि मैले अन्य रसमा पनि आनन्द लिन थालें ।’

उनले नाटक खेल्नु फिल्म खेलेजस्तो नभएको बताए । ‘नाटक त प्रत्यक्ष खेल्नुपर्ने हुन्छ । गल्ती भयो कि नाटकको औचित्य नै धरापमा पर्न सक्छ,’ उनले थपे, ‘तर, फिल्ममा बिग्रेपनि फेरि प्रयास गर्न पाइन्छ ।’ उनी नाटकलाई स्टेजमा गइसकेपछि खोलामा हाम फालेजस्तो रुपमा अथ्र्याउन चाहन्छन् ।

‘खोलामा हाम फलेपछि यदि हातखुट्टा चलाउन जाने मात्रै पारी जान सकिन्छ, नत्र डुबिन्छ,’ उनले भने, ‘नाटक पनि त्यस्तै हो । नाटकले दिन खोजेको सन्देश सक्षम, क्रिएटिभ कलाकार छ भने मात्रै दिन सक्छ । नत्र नाटकको महत्त्व घटेर जान्छ ।’ उनले हरेक नाट्यकर्मीमा सिर्जनशीलता हुनुपर्नेमा जोड दिए ।

नाटकमा सधैं संघर्ष हुने गरेको उनले बताए । ‘सडक नाटक गर्दा मरेको अभिनय गरेको बेला छालाको जुत्ताले कुच्यो भने ऐया भनेर छोड पनि भन्न नमिल्ने, सहेर बस्नुपर्ने, दर्शकले साँच्चिकै मरेको भन्ठानेर नाकमा मुखमा सानोमा ढुंगा हालिदिने गर्ने गर्छन्,’ उनले भने, ‘यदि निर्देशकले समयमै समस्या बुझ्न नसकेको खण्डमा कलाकारले ठूलो दुःख पाउने गर्छन् । कति ठाउँमा त मैले पनि यस्ता दुःख सहेर बसेको छु ।’ उनले नाटक खेलिरहँदा आफूसँग कुरा गर्ने व्यक्तिले प्रश्न सोध्न छुटाउँदा नाटकको मर्म नै सकिएको उदाहरण पनि दिए ।

‘कति ठाउँमा नाट्यकर्मीले आफूले भन्नुपर्ने वा सोध्नुपर्ने कुरा बिर्सिदिन्छन् । त्यो सम्झाउन कानेखुसी गर्न वा इसारा गर्न नपाइने हुँदा नाटकको मर्म नै सकिएर जान्छ,’ उनले भने, ‘त्यस्तोमा उत्तर दिनेले मिलाएर नाटकको मूल मर्म दर्शकसामु कलात्मक ढंगबाट राख्न सक्नुपर्छ ।’ उनले नाटकलाई चुनौतीको रुपमा लिए । ‘हरेक शब्द, हाउभाउ याद गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अलिकति तलमाथि भयो कि नाटक नै मोडिन्छ ।’

उनले अहिले पनि समाज नाटकप्रति सकारात्मक बनी नसकेको बताए । ‘म अहिले अधिकृतको रपमा कार्यरत छु । मलाई मेरा केही आफन्त वा अन्यले भैगो के नाटक खेल्छौ ठूलो मान्छे भएर भन्ने गरेका छन्,’ उनले भने, ‘उनीहरूले त्यस्तो भन्नु भनेको नाटक भनेको ता आवाराले मात्र खेल्छन् भन्ने हो र र म अधिकृत भएका कारण नखेल भन्ने निर्देशन नै हो ।’ उनले उनीहरूका सुझावलाई एक कानले सुनेर अर्को कानले उडाउने गरेको बताए ।

‘नाटक समाज रुपान्तरणका लागि खेल्नुपर्छ । नाटक मनोरञ्जन मात्र होइन,’ उनले भने, ‘सबै मिलेर समाजमा यो कुरा बुझाउन सक्नुपर्छ ।’ पहिले पहिले नाटक खेल्ने भनेपछि समाजको दृष्टिकोण नै बेग्लै हुने गरेको उनको भोगाइ छ । ‘छोरा बिग्रे मादले, छोरी बिग्रे गाजले’ भन्ने दृष्टिकोण उतिबेला समाजमा रहेको उनको भनाई छ ।

नाटककार गौतम आफूले नाट्य क्षेत्रमा गरेको योगदानप्रति गर्व लाग्ने गरेको बताउँछन् । ‘पछिल्लो समय कलाकारको रुपमा सम्मान दिन्छन् । मान, इज्जत दिन्छन् । यस्तो हुँदा खुशी लाग्छ,’ २०५१ सालमा नै जागिरे भइसकेका गौतमले भने, ‘सँगसँगै जागिर पनि खाइयो । जीविकोपार्जन गर्नको लागि सुहाउँदो जागिर भएको भए राम्रो हुन्थ्यो । तर पनि संघर्ष गरे र केही भएपनि नाट्य क्षेत्रलाई योगदान दिन सकेकोमा प्रफूल्ल छु । तर, मैले नाटक क्षेत्रमा नाटक लेखेर, अभिनय गरेर, निर्देशन गरेर, कला साहित्यसँग सम्बन्धित संस्था स्थापना गरेर राम्रो गरेको अहिले महसुस गरिरहेको छु ।’

उनले आफूले सोचेजति नाट्य क्षेत्रमा गर्न नपाएको भन्दै दुःख समेत व्यक्त गरे । ‘जति गर्न पर्ने थियो, जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएन भन्ने कुरा मनमा लागिरहेको छ,’ उनले भने, ‘अब त उमेरले पनि त्यति धेरै साथ दिन सकेको छैन ।’

उनले अशेष मल्लको ‘तुवालोले ढाकेको बस्ती’, गोपालप्रसाद रिमालको ‘मसान’, विजय मल्लको ‘कोही किन बर्बाद नहोस्,’ भिमनिधि तिवारीको ‘विशे नगची’ जस्ता सयभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् ।

नाटककार गौतमले आफैंले लेखेका र निर्देशन गरेका कुर्सी दौड, अंश कि वंश, युगारम्भ, सति कलसा नाटक पनि खेलेका छन् । उनले दर्जनभन्दा बढी पुरस्कार, मान–सम्मान पाइसकेका छन् । बागिना समूहले सम्मान गरेको, नेपाल सरकारको प्रतिभा पुरस्कार २०७१, नेपाल जेसिजले उत्कृष्ट युवा सम्मान सन् २००८ लगायत पुस्कार तथा सम्मान पाइसकेका छन् ।

उनले नाट्य क्षेत्रलाई जोगाइराख्न राज्यले नै स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए । ‘विवाह, ब्रतबन्ध गर्दा हिन्दी, अंग्रेजी गीत, भिडियो बजाउने प्रचलन हाबी हुँदै गइरहेको छ,’ उनले भने, ‘यो प्रवृत्तिले हाम्रा मौलिक कला, साहित्यलाई लोप बनाउँदैछ । राज्यले यसलाई रोक्न कला र साहित्यमा लागेकालाई विशेष प्राथमिकता दिई कला र साहित्यको जगर्ना गर्न आवश्यक छ ।’

उनले कर्णालीमा आगामी मंसिर पहिलो साता सांस्कृतिक संस्थानको सहकार्यमा नाटक महोत्सवको आयोजना गरेको बताए । ‘हामीले देशभरका नाटककारको प्रस्तुती दिलाउन नाटक महोत्सवको आयोजना गरेका छौं । यो नाट्य महोत्सवले नाटकको प्रचारप्रसार गर्न सहयोग पुग्ने छ,’ उनले थपे, ‘महोत्सलाई तन, मन, धन सबै हिसाबले सहयोग गर्न सबैलाई हार्दिक आग्रह गर्दछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x