×

NMB BANK
NIC ASIA

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको अवैध मदिरामा मोजाको प्रयोग भएको पाइएको छ ।

Muktinath Bank

दशैं र तिहारलाई मध्यनजर गर्दै अवैध मदिरा नियन्त्रण अभियानको पहिलो दिन शनिवार मदिरा बनाउने कच्चा पदार्थमा मोजा, चुरा, कपडा, अन्य फोहोर, खान अयोग्य हुने वस्तुको प्रयोग भएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अत्यन्तै फोहोर, जो कल्पनासम्म गर्न सकिँदैन, त्यस्ता वस्तुको प्रयोग भएको हामीले पाएका छौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले भने, ‘अवैध मदिरा बनाउनेले जनताको जीवनमाथि खेलवाड गरिरहेको पाइएको छ ।’ 


Advertisment
Nabil box
Kumari

एसपी रजौरेका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिवार झुप्रा क्षेत्र र मंगलगढी क्षेत्रमा अप्रेसन गरेको थियो । अप्रेसनका क्रममा प्रहरीले कच्चा पदार्थ २ हजार लिटर, अवैध मदिरा ३ सय ५० लिटर र ८ सेट मदिरा तयार पार्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

Vianet communication
Laxmi Bank

डीएसपी रजौरेका अनुसार नजिकै आउँदै गरेको दशैं तथा तिहार लगायतका पर्वलाई शान्तिपूर्ण बनाउन अवैध मदिरा नियन्त्रण अभियान थालनी गरेको बताउन् । ‘समाजमा सबैभन्दा बढी विवाद गराउने, झैझगडा हुने र दुर्घटना हुने भएका कारण हामीले अवैध मदिरालाई नियन्त्रण गर्ने अभियान शुरू गरेका हौं,’ मदिरा नियन्त्रण अभियानबारे जानकारी दिँदै एसपी रजौरेले भने, ‘हाम्रो यो अभियानलाई सफल पार्न सबैबाट सहयोग पाउने प्रहरीको अपेक्षा छ ।’

उनले अब वीरेन्द्रनगरमा अवैध मदिरा बिक्रीवितरण गर्ने र उत्पादन गर्नेले पैसा दिएर बच्ने सम्भावना नभएको बताए । ‘कसैले पैसा दिएर म बच्छु भन्ने सोच्छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ उसका लागि,’ उनले भने, ‘शान्ति सुव्यवस्थामा कसैसँग कहिल्यै सम्झौता गरिने छैन ।’ उनले राम्रो काम गरेको खण्डमा पुरस्कार र गलत गरेको खण्डमा सजाय दिन प्रहरी तयार रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x