माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हेटौँडा– मकवानपुरमा केही वर्षयता खेती गर्ने जमिनको क्षेत्रफलसँगै उत्पादन घट्दो र रासायनिक मलको प्रयोग बढ्दो पाइएको छ । खेतीयोग्य जमिनमा बढ्दो प्लटिङसँगै कृषिमा लाग्ने जनशक्ति पलायन र बाँझो राख्ने प्रवृत्तिका कारण खेती गर्ने क्षेत्रफलसँगै कृषिजन्य उत्पादनमा ह्रास आएको हो ।
जिल्ला कृषि विकास कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा खेतीयोग्य जमिनको प्रयोग र उत्पादन घट्दो छ । मकवानपुरमा आर्थिक वर्ष २०७३/७४ मा ११ हजार २०५ हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार ४५८ मेट्रिक टन धान उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ४० हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार चार सय मेट्रिक टनमा झरेको थियो ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा २३ हजार ७१० हेक्टरमा मकै खेती गरिएकोमा ६८ हजार ७५९ मेट्रिक टन मकै उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७४/ ७५ मा मकै २३ हजार ६३० हेक्टरमा खेती गरिएकोमा ६८ हजार ९९९ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/७५ मा कोदो दुई हजार ६८५ हेक्टरमा लगाइएकोमा तीन हजार ३०३ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ६७० हेक्टरमा खेती गरिएकोमा तीन हजार २५३ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।
खाद्यान्न बाली उत्पादनमा ह्रास आए पनि तरकारी बाली उत्पादनमा वृद्धि भएको पाइएको छ । कृषि कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा एक हजार ११० हेक्टरमा तरकारी खेती गरिएकोमा १८ हजार २०४ मेट्रिक टन उत्पादन भएकोमा उत्पादनमा वृद्धि भई गत आर्थिक वर्षमा तरकारी एक हजार २०५ हेक्टरमा लगाइएको १९ हजार ८२२ मेट्रिक टन उत्पादन भएको छ । खेती गर्ने जमिनको क्षेत्रफल बढ्दै गए पनि रासायनिक मलको प्रयोगमा वृद्धि भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, हेटौँडा शाखाबाट गत आर्थिक वर्षमा तीन हजार ८२५ मेट्रिक टन रासायनिक मल बिक्री भएको थियो ।
कम्पनीले जिल्लाका ७० कृषि सहकारीमार्फत मल बिक्री गरेको हो तर चालू आर्थिक वर्षमा कम्पनीले चार हजार ६५ मेट्रिक टन रासायनिक मल बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीका शाखा प्रमुख शर्मिला घिमिरेले आर्थिक वर्ष २०७३/७४ मा तीन हजार ७५९ मेट्रिक टन रासायनिक मल बिक्री भएकोमा २०७४/७५ मा बढी परिणाममा बिक्री भएको जानकारी दिनुभयो ।
कम्पनीले उक्त अवधिमा तीन हजार ६५० मेट्रिक टन रासायनिक मल बिक्री गर्ने कम्पनीले लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको भदौको दोस्रो सातासम्ममा ३०५ मेट्रिक टन युरिया मल बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवघिमा डीएपी १४८ मेट्रिक टन र पोटास २.५ मेट्रिक टन बिक्री भएको छ ।
उत्पादन गर्ने जमिन घट्दै गए पनि रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । सबै किसिमको अन्नबालीमा रासायनिक मलको प्रयोग गर्ने गरिएकोले पनि रासायनिक मलको माग बढ्दो छ । कम्पनीले अघिल्लो वर्षमा छ महिनामा बेच्ने मल चालू आर्थिक वर्षको साउन महिनामा बिक्री गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका योजना अधिकृत सुजन कँडेलले रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।, गोरखापत्रमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...