×

NMB BANK
NIC ASIA

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी, अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्ने

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


म्याग्दी-  म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । 

प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । 

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी बताउनुहुन्छ । 

“घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करीब ४०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरु निर्माणको प्रक्रियामा छन्,” केसीले भन्नुभयो – “म्याग्दीको विकास र समृद्धिका लागि यो खुशीको विषय हो ।” 


चिनिया लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । हाइड्रो सोलुसन प्रर्वद्धक रहेको यस आयोजना निर्माणका लागि प्रधानमन्त्री केपष्िि शर्मा ओलीको हालै भएको चीन भ्रमणका बेला चिनिया युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिसँग लगानी सम्झौता भएको थियो । 

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत् गृह प्रस्ताव गरिएको ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाको पाँच किलोमिटर सुरुङ हुने जनाइएको छ । पच्चीस अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर दश वर्षअघि नै ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । 

कालीगण्डकी गर्जको विद्युत् गृहबाट निस्किएको पानी करीब पाँच सय मिटर तल हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत् गृह सोही गापाको २ नं वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । 

चार हजार १०० मिटर सुरुङ रहने यस आयोजनाको विद्युत् गृहदेखि फोर वेको उचाइ ११५ मिटर हुनेछ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्र पूर्वाधार निर्माणको थालनी गरिने आयोजना प्रमुख चन्द्र ढकालले बताउनुभयो । यस आयोजना निर्माणका लागि १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । 
अन्नपूर्ण गाउँपालिका २ ठूलोबगर र ६ पोखरेबगरको सिमानामा बाँध र ७ हिस्तानको तिप्ल्याङमा विद्युत् गृह रहने गरी तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार पारेको छ । 


पाँचहजार ८७८ मिटर लामो सुरुङ निर्माण हुने आयोजनाबाट प्रतिवर्ष ३५२ गिगावाट १५ घण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । निर्माण शुरु भएको ४ देखि ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताउनुभयो । 


“प्रशारण लाइन, सब–स्टेशन र सडक सुविधा भएकाले कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा प्रर्वद्धकहरुको आकर्षण बढ्न थालेको छ,” गौतमले भन्नुभयो – “सरकारले पूर्वाधार तयार पार्न थालेपछि लगानीकर्ताहरु सक्रिय बनेका छन् ।” 


टे«ड लिंक ग्लोबल प्रालिले रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना बेगखोलामा बाँध र रघुगंगा गाउँपालिका ३ घुमाउने तालमा विद्युत् गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । यो आयोजना चिनिया कम्पनी सिने हाइड्रोले निर्माण गर्न लागेको छ । 
रु २२ अर्ब लगानी हुने अनुमान गरिएको ‘रन अफ दि रिभर’ प्रकृतिको यो आयोजनामा छ किलोमिटर सुरुङ रहने प्रर्वद्धक कम्पनीले जनाएको छ । घुमाउने तालभन्दा केही तल रघुगंगा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका ४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाट भन्दा बढी क्षमताको अर्को आयोजनाको सर्वेक्षण भइरहेको छ । 

कालीगण्डकी नदीको सहायक खोलाहरुमा ५ मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । अन्नपूर्ण गाउँपालिका ४ नं वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ । 

अन्नपूर्ण गाउँपालिका ३ नं वडा दानामा सब–स्टेशन र त्यहाँदेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । बेनी–जोमसोम– कोरला सडक स्तरोन्नति, प्रशारण लाइन र सब–स्टेशन निर्माणसँगै जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । 
निर्माणाधीन जलविद्युत् आयोजना सञ्चालन भएपछि पाउने सलामी दस्तुर (रोयल्टी) ले गाउँपालिकाको आन्तरिक आम्दानीमा महत्वपूर्ण योगदान गर्ने उहाँको अपेक्षा छ । संविधानअनुसार जलविद्युत् आयोजनाले तिर्ने रोयल्टीको २५ प्रतिशत स्थानीय तहले पाउने व्यवस्था छ । “जलविद्युत् आयोजनाबाट हुने रोयल्टीले विकासका गतिविधि सञ्चालनमा आर्थिक स्रोत जुटाउन सजिलो हुन्छ,” अध्यक्ष पुनले भन्नुभयो – “अन्नपूर्णलाई हाइड्रो, पर्यटन र प्राङ्गारिक कृषिको ‘हब’ बनाउने योजना छ ।” 
कालीगण्डकीमा निर्माणाधीन आयोजनाहरु सञ्चालनका लागि लगानी भित्र्याउन, अनुकूल नीति, नियम तर्जुमा र सामाजिक वातावरण, सुरक्षा तथा भौतिक पूर्वाधारको उपलब्धतामा ध्यान दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको भनाइ छ । लगानीकर्ता र प्रर्वद्धकलाई सुरक्षाको प्रत्याभूति दिइनुपर्ने र प्रक्रियागत झण्झटबाट मुक्त बनाइनुपर्ने अध्यक्ष कर्माचार्यले बताउनुभयो । 

जलविद्युत् आयोजना निर्माण गर्दा कालीगण्डकीमा पानीको सतह घटेर किनारमा रहेका पर्यटकीय तथा प्राकृतिक उपचार स्थलको रुपमा विकास भएका तातोपानीका मुहानहरु संकटमा पर्ने सरोकारवालाहरुको चिन्ता छ । दाना, भुरुङ, रातोपानी, सेकाकोस्थित कालीगण्डकी किनारमा रहेका प्राकृतिक तातोपानीका मुहानलाई असर नपार्ने गरी जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने अन्नपूर्ण गाउँपालिका ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालको सुझाव छ । 
“विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीको धार्मिक, पर्यटकीय र वातावरणीय अस्तित्वलाई बचाउन जलविद्युत् आयोजना प्रर्वद्धकहरु गम्भीर बन्नुपर्छ,” गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका बरुवालले भन्नुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x