×

NMB BANK
NIC ASIA

जनतालाई सामाजिक न्यायको अनुभूति हुने गरी काम गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्रै जनतालाई सामाजिक न्यायको अनुभूति हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेशको आयोजनामा आइतवार सुर्खेतमा भएको ‘स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि तथा अभिमुखीकरण’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले स्थानीय तहका न्यायिक समितिहरूको कार्यसम्पादन जनताले न्यायको अनुभूति गर्ने खालको हुनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पञ्चायतकालमा प्रधानपञ्चहरूले गर्ने न्यायका कारण सिंगो व्यवस्थाविरुद्ध जनमत बनेको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले जनताको बलिदानीबाट बनेको सरकारले जनमुखी न्याय दिनुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

‘तपाईंहरूको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ,’ स्थानीय तहका न्यायिक समितिका पदाधिकारीलाई मुख्यमन्त्री शाहीले भने – ‘तपाईंहरू अरुको भर नपर्नुस् । जनताबाट सिक्नुस् । जनतालाई न्याय हुनेगरी काम गर्नुस् ।’

Vianet communication
Laxmi Bank

न्याय सम्पादनमा त्रूटि भएमा सामाजिक द्वन्द्व निम्तिन सक्ने बताउँदै मुख्यमन्त्री शाहीले जनताको बीचमा रहेका अन्तरविरोधहरूको समाधान गरेर जनतालाई विकास र समृद्धिको बाटोमा डोहोर्‍याउन आवश्यक रहेको बताए ।

जनशैली अवलम्बन गर्ने जनप्रतिनिधि मात्रै जनप्रिय हुने भन्दै मुख्यमन्त्री शाहीले बाजागाजा, तामझाम र फूलमालाको माग नगर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

‘जनताले जे खान्छन् त्यही खानुस्, जनताले जे लाउँछन् त्यही लाउनुस्, जनता र प्रतिनिधिको दूरी बढ्न नदिनुस्’– उनले भने ।

स्थानीय तहका सरकार र प्रदेश सरकारको आपसी सम्बन्धको विकास गर्न प्रदेश समन्वय परिषद्को बैठक बोलाएको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकार र स्थानीय सरकारको सम्बन्ध एकअर्काको परिपूरक हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गाउँमा सिंहदरबार होइन जनसरकार आएको बताउँदै जनसरकारको अनुभूति जनताले गर्नुपर्ने बताए ।

कर्णाली पहिले गरीब नभए पनि गरीब बनाइएको उनको भनाइ छ । मुख्यमन्त्री शाहीले भने, “हामीसँग पवित्र मुहान छन्, तर पानी किनेर खान्छौँ । कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौंँ ।”

 

न्त्री ज्वालाले भने- ‘अहिले धेरैले गाउँमा सिंहदरबार आएको चर्चा गर्छन्, सिंहदरबार भित्रको जनविरोधी रवैया गाँउमा आउन दिनुहुन्न ।’

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आफ्नो न्यायका लागि अड्डा अदालतको ढोकामा पुग्न डराउने दिदीबहिनीको हातमा अहिले आफैंले फैसला गनुपर्ने जिम्मेवारी आएको बताए ।

कार्यक्रममा बोल्दै भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले स्थानीय तहका न्यायिक समितिको नेतृत्वमा महिला हुनु भनेको महिला आन्दोलनको उपलब्धि भएको बताइन् ।

कर्णाली प्रदेश सरकारको प्रवक्ता समेत रहेकी मन्त्री केसीले स्थानीय तहमा न्याय सम्पादनलाई महिला मुक्ति आन्दोलनसँग पनि जोडेर लैजानुपर्ने आवश्यकता रहेको बताइन् ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सभाहलमा भएको उक्त कार्यक्रममा सुर्खेतका ९ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक, सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x