×

NMB BANK
NIC ASIA

संविधान दिवसको अवसर पारेर नेपाल टेलिकमको आकर्षक प्याकेज, के-के मा छूट ?

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता प्रतिभा वैद्यले बताए । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । 


Advertisment
Nabil box
Kumari

हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रूपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ । यही अनुसार ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ ।

Vianet communication
Laxmi Bank

त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई हजार ४०० र १०० एमबीपीएसभन्दा माथिको महसुल दर प्रतिएमबीपीएस रु दुई हजार १०० तोकिएको छ । उल्लेखित दरमा थप कर लाग्ने छ । 

आगामी असोज १ देखि मङ्सिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत असीमित डाटा प्याकेजलगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यसअन्तर्गत असीमित डाटामा थप कर लाग्ने छैन ।

‘भोल्युम वेस्ड प्याकेज’मा थप कर लाग्ने छ । व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस क्षमताको असीमित डाटा भोल्युम रु एक हजार ५०० मा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने अवधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज रु एक हजारमा उपलब्ध गराइने प्रवक्ता वैद्यले बताए ।

त्यसैगरी दुई एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ ।

यसअनुसार १५ दिनका लागि रु ५०० मा १० जीबी, एक महिनाका लागि रु एक हजारमा २० जीबी, तीन महिनाका लागि रु तीन हजारमा ७० जीबी र छ महिनाका लागि रु छ हजारमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । एक वर्षका लागि रु १२ हजारमा ५०० जीबी र रु २० हजारमा एक हजार जीबी प्याकेज तथा एक वर्षे कर्पोरेट प्याकको रुपमा रु ३५ हजारमा दुई हजार ३०० जीबी प्याकेज उपलब्ध गराइनेछ । 

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोङ्गलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । एक वर्षका लागि रु छ हजारमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यूएसबी डोङ्गल निःशुल्क उपलब्ध गराइने छ ।

संविधान दिवस २०७५ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ सहुलियत योजना ल्याएको छ । असोज १ देखि १५ गतेसम्म करसहित रु १८ मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरेपश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि असीमित कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x