×

NMB BANK
NIC ASIA

यी हुन् डा. बाबुरामलाई कालोझण्डा देखाउने नक्कली माओवादी पीडितहरू

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका–अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई शनिबार ड्यालसमा केही नक्कली माओवादी पीडितले कालोझण्डा देखाएका छन् । आफूलाई माओवादी पीडित भएको दावी गर्दै नेपालका भट्टराईलाई कालोझण्डा देखाउनेमा एकजना भारतीय समेत रहेको पुष्टी भएको छ । 

Muktinath Bank

डा. भट्टराई विरूद्ध अभद्र नाराबाजी गर्नेमध्यका एक दिनेश शर्मा भारतीय नागरिक हुन् । मावली नेपालको धरानमा भएपनि उनी जन्मेको र हुर्केको भारतको मुम्बइ शहर हो । मुस्किलले नेपाली शव्द बोल्ने शर्मा टेक्ससमा आफूलाई ठूलै कांग्रेसी नेता हुँ भन्दै दावी गर्छन् । तर उनी नेपालको नागरिक समेत होइनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै तरुण दल अमेरिकाको अध्यक्ष बताउने ओम भट्टराई, सन्तोष बिष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती लगायत व्यक्तिहरूको अगुवाईमा डा. भट्टराई विरुद्ध नारा लगाउँदै कालोझण्डा देखाइएको थियो । जनसम्पर्क समिति अमेरिका नेपालको राजनीतिक दल नेपाली कांग्रेस निकटहरूको संस्था हो ।
 
जनसम्पर्क समिति अमेरिकाका महत्वपूर्ण पदमा रहेका पदाधिकारीहरू पनि कार्यक्रमस्थलमै उपस्थित थिए । तर उनीहरू भने डा. भट्टराईलाई कालोझण्डा देखाएर विरोध गर्ने कार्यक्रममा सहभागी भएनन् । डा. भट्टराई विरुद्ध नारा लगाउँदै विरोध गरिएको प्लेकार्ड समेत उनीहरुले बोकेका थिए । उनीहरुले विरोध गरिरहँदा भट्टराई र नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमी कार्यक्रमस्थलमा चुपचाप प्रवेश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

डा. भट्टराईविरुद्धको कालोझण्डा देखाउने र विरोध कार्यक्रममा जनसम्पर्क समितिकै नेताहरुको असहमति रहेको बुझिएको छ । सोही कारण च्याप्टर सभापति ज्ञानेन्द्र कार्की लगायतका नेताहरु कार्यक्रममै उपस्थित भएनन् भने भित्र हलमा डा. भट्टराईका धारणा सुन्न उपस्थित जनसम्पर्कका नेताहरु समेत बाहिर निस्किएनन् । जनसम्पर्क समितिका पदाधिकारीहरु भित्र अन्तरकृयामा डा. भट्टराईसँग बिभिन्न विषयमा जिज्ञासा राखेर सहभागी भएका थिए । 

Vianet communication
Laxmi Bank

कार्यक्रमपछि केही पदाधिकारीहरु डा. भट्टराई बसेको हायात होटलमा गएर छलफल गर्नुका साथै कालोझण्डा देखाउने प्रवृत्ति ठीक नभएको र आफ्नो संगठनको सहमति नभएको जानकारी भट्टराईलाई दिएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्पन्न वृहद शान्ति सम्झौतामा पनि द्वन्द्वकालिन विषयलाई कहिँकतै नउठाउने भन्ने उल्लेख हुनुले पनि अब विगत कोट्याएर कुनै फाइदा नहुने जनसम्पर्क समितिकै नेताहरुको धारणा छ । 

पूर्वप्रधानमन्त्री तथा माओवादी छाडेर हाल नयाँशक्ति पार्टी मार्फत राजनीति गर्दै आएका डा. भट्टराई जस्तो व्यक्तिलाई कालोझण्डा देखाएकोमा एनआरएनले समेत दुःख व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन गरिरहेका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले अभद्र व्यवहार प्रति दुःख व्यक्त गरेका थिए । डा. भट्टराईले भने मन्तव्यका क्रममा जुनसुकै परिवर्तन र क्रान्ति पीडादायी हुने रहेछ भन्दै व्यक्तिगत रुपमा परेको पीडाप्रति दुःख व्यक्त गरेका थिए । 

डा. भट्टराई अमेरिकामा रहेका नेपाली समुदाय तथा विभिन्न क्षेत्रमा स्थापित अर्थविद्, योजनाकारहरुसँग नेपालको विकासका लागि के कस्तो मोडल उपयुक्त हुन्छ भन्ने बारेमा बुझ्न एक महिनाको भ्रमणका लागि आएका हुन् । उनले विभिन्न राज्यमा रहेका नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x