×

NMB BANK
NIC ASIA

अर्बपति शेख टाट पल्टिए, सम्पत्ति लिलामीमा

असोज १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — संसारको सबभन्दा धनी व्यक्तिमध्ये एक व्यापारी मान अल सानेबाट ऋण असुल्नका लागि साउदी अरब सरकारले उनको सम्पत्ति लिलामी गर्ने निर्णय लिएको छ । 

अर्को महिना उनको सम्पत्ति लिलाम बिक्री हुनेछ र ऋण चुकाइनेछ । टाट पल्टिसकेका उनी कुनै समयमा संसारका शीर्ष १०० धनीमा पर्थे । 

सन् २००९ मा उनको कम्पनी साद ग्रूप टाट पल्टेपछि अघिल्लो वर्ष उनलाई हिरासतमा लिइएको थियो । विगत नौ वर्षदेखि ऋणदाताहरू साद ग्रूपबाट ऋण असुलीका लागि मुद्दा लडिरहेका थिए । साउदी अरबको इतिहासको यो
सबभन्दा ठूलो ऋण विवाद हो । 

तीन न्यायाधीश भएको न्यायाधिकरणले पोहोर साल एतकान अलायन्सलाई ऋण विवाद सुल्झाउनका लागि घरजग्गा लिलामीको जिम्मेवारी दिएका थिए । एतकान पाँच महिनामा साउदीको राजधानी रियाद र जेद्दाहमा लिलामी गराउनेछ । 

पहिलो लिलामी अक्टोबर महिनाको अन्तिमतिर हुनेछ । यसमा पूर्वी राज्य खोबर र दम्माममा भएका आवासीय भवन, व्यापारिक फ्ल्याट र फर्ममा बोली लगाइनेछ । 

लिलामीबाट दुई अर्ब रियालसम्म आउने अनुमान गरिएको छ । एक सूत्रले बताएअनुसार, घरजग्गा कारोबारमा मन्दीका कारण लिलामी प्रक्रियाका ढिलाइ भएको हो । मार्चमा एतकानले पहिलो चरणमा साद ग्रूपका लगभग ९०० वाहन
लिलामी गरेको थियो ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x