×

NMB BANK
NIC ASIA

निर्मला पन्तको घरसम्म एसपीको ‘मर्निङ वाक’, काठमाडौंबाट फर्किएपछि किन गरे भेट ?

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना देशभर चर्चाको विषय बनिरहेका बेला कञ्चनपुरका एसपी कुबेर कडायत मंगलबार बिहानै हिँडेर घरमा पुगेका छन् ।

Muktinath Bank

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३ किलोमिटर टाढा रहेको स्व. निर्मला पन्तको घरमा एसपी ‘मर्निक वाक’ गर्दै बिहान ७ बजे नै पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसपी कडायत घरमा पुगेर सोमबार साँझ काठमाडौंबाट फर्किएका स्व. निर्मलाका आमाबुवालाई भेटेका छन् । उनी २०–२५ मिनेट निर्मलाको घरमा बसेका थिए । निर्मलाका आमाबुवा काठमाडौंबाट फर्किएकाले भेटघाट गर्न गएको एसपी कडायतले बताए । एसपी कडायत २ जना सुरक्षा गार्डसहित सादा पोशाकमा निर्मलाको घर पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

एसपी कडायतले घरमा आएको भेटघाट गरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । ‘अरु कुरा केही भन्नुभएन । सामान्य कुराकानी नै भयो,’ पन्तले भने, ‘बरु हत्यारा पत्ता लगाउने विषयमा के भइरहेको छ भनेर मैले सोधे । उहाँले खासै केही उपलब्धी हुन नसकेको बताउनुभयो ।’

Vianet communication
Laxmi Bank

न्याय माग्न काठमाडौं आएका निर्मला पन्तका आमाबुवा सोमवार घर फर्किएका छन् । दुवै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्ने आश्वासन दिँदै घर फर्किन आग्रह गरेका थिए । काठमाडौंमा रहँदा निर्मलाका आमाबुवाले विभिन्न संघसंस्था, नेता, प्रधानमन्त्री, मन्त्री लगायतसँग हत्यारा पत्ता लगाउन प्रभावकारी भूमिकाका लागि आग्रह गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x