×

NMB BANK
NIC ASIA

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत ४ नयाँ कार्यालय खोल्ने प्रस्ताव

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा ४ वटा नयाँ कार्यालय स्थापना गर्ने संरचना प्रस्ताव गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयले सुर्खेतमा प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय र सुर्खेतमै अर्गानिक अनुसन्धान केन्द्र खोल्ने प्रस्ताव पेश गरेको छ । मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सिफारिस गरेको संरचना अन्तर्गत सल्यान र सुर्खेतमा रहने गरी पशुपंक्षी जाँच केन्द्र सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा तथा सोही सथानमा विषादी अवशेष द्रूत परीक्षण केन्द्र खोल्ने प्रस्ताव पेश गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले पेश गरेको सिफारिस अनुसार सुर्खेतमा मन्त्रालय रहने छ भने भूमि, कृषि, पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, कृषि विकास निर्देशनालय र पशुपंछी तथा मत्स्य विकास निर्देशनालय समेत सुर्खेतमा रहने भएको हो । यी दुवै कार्यालय मर्ज गरिएका हुन् । 


Advertisment
Nabil box
Kumari

प्रदेशका १० वटै जिल्लामा जिल्ला भूमि व्यवस्था, कृषि तथा सहकारी कार्यालय, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रूकुम पश्चिममा रहने गरी ७ वटा कृषि ज्ञान केन्द्र र ७ वटा पशु सेवा विज्ञ केन्द्र, भूमि, कृषि तथा सहकारी प्रशिक्षण केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र र पशुसेवा तालिम केन्द्र सुर्खेतमा खोल्ने प्रस्ताव गरिएको छ ।

Vianet communication
Laxmi Bank

सुर्खेतमा बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय खोलिने छ । बीऊबिजन प्रयोगशाला पनि सुर्खेतमै रहने बताइएको छ । 

बागवानी विकास केन्द्र दार्मा, हुम्ला, शितोष्ण तरकारी बीऊ उत्पादन केन्द्र, जुफाल, डोल्पा, प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेत सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए ।

कार्यालयहरू सञ्चालनमा आएको खण्डमा मन्त्रालयले विकासे कार्यक्रम सञ्चालन गर्न सहज हुने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले बताइन् । ‘गत आर्थिक वर्षको बजेट हामीले संरचना अभाव भएपनि करीब ६४ प्रतिशत कार्यान्वयनमा ल्याएका थियौं,’ मन्त्री केसीले भनिन्, ‘यो वर्ष हामी शतप्रतिशत बजेट कार्यान्वयन गर्न यी कार्यालयले सफलता पाउने मेरो अपेक्षा हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशक...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x