मानिसहरूले कुकुरलाई मेयर छाने, कारण छ अचम्मकाे

असोज २, २०७५

अमेरिकाको क्यालिफोर्निया प्रान्तमा रहेको इडिल वाइल्ड शहरमा मानिसहरूले कुकुरलाई मेयर छानेका छन् । मेयर चुनावमा ब्वाँसो, गधा र बिरालो पनि उठेका थिए । 

कुकुर आधिकारिक कर्मचारी हैन । उसलाई प्रतीकात्मक रूपमा छानिएको हो । 

म्याक्स नामक कुकुरलाई मेयरका सबै सुविधा उपलब्ध गराइएको छ । मेयर म्याक्सको नाममा आधिकारिक फेसबूक आईडी पनि छ । म्याक्सका भाइ माइकी र बहिनी मित्जीलाई उपमेयर बनाइएको छ । 

नयाँ मेयरको मुख्य जिम्मेवारी पर्यटकहरू, स्थानीयहरू र मिडियासँग फोटो खिचाउने र शहरमा हुने कार्यक्रममा उपस्थिति जनाउनुपर्ने हुन्छ । जनावरप्रति मानिसको सहानुभूति बढाउने पहलका रूपमा यसो गरिएको छ ।

पैसाको कमीका कारण जनावरको संरक्षण गृहलाई बचाउनका लागि यो तरिका अपनाइएको हो । 

चुनावका लागि अन्लाइन मतदान भएको थियो । 

म्याक्सलाई गाडी पनि दिइएको छ । उसको पूरा नाम म्याक्सिमम मुलर हो र ऊ गोल्डन रिट्रीभर प्रजातिको हो ।

एजेन्सी 


ADVERTISEMENT

असोज २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस