×

NMB BANK
NIC ASIA

अफगान युद्धमा अमेरिकाले बाेलेको झूटकाे पर्दाफास

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अफगानिस्तानलाई तालिबानबाट मुक्त गराउनका लागि अमेरिकाले ठूलै सैन्य अभियान चलाएको भएपनि सफलता प्राप्त गर्न सकेको छैन । 

सन् २०१४ मा अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउँदा प्रश्नहरू उठेका थिए । अमेरिकाको उक्त निर्णय मानवीय आधारमा थियो कि त्यस क्षेत्रमा तालिबानको प्रभाव सकिएको आधारमा थियो ?

विगत केही समययता तालिबानले अफगानिस्तानमा ठूला आक्रमण गरेको छ । सोमवार मात्र तालिबानी आक्रमणमा २७ सुरक्षाकर्मीको मृत्यु भयो । यस घटनापछि अहिले अमेरिकाले तालिबानका विषयमा सही तस्वीर पेश गरेन कि भन्ने प्रश्न उठ्न थालेको छ ।

अफगान संघर्षमा अहिलेसम्म २२ सय अमेरिकी नागरिकको मृत्यु भइसकेको छ । तालिबानलाई सिध्याउन अमेरिकाले ८४० अर्ब डलर खर्च गरिसकेको छ । अफगानिस्तानमा तालिबान सिध्याउन, पुनर्निर्माण गर्न र विकास कार्यकालागि अमेरिकाले यतिधेरै रकम खर्च गरेको हो । 

अमेरिकाले अफगानिस्तानमा ठूलो संख्यामा सैन्य बल तैनाथ ग¥यो र ठूलो रकम खर्चियो । आतंकवादविरुद्ध अमेरिका प्रतिबद्ध छ र आतंकप्रभावित देशका नागरिकको कल्याणका लागि समर्पित छ भन्ने सन्देश विश्वलाई दिन
अमेरिकाले यति धेरै खर्च गरेको हो । 

तर तालिबान नष्ट हुने सम्भावना पटक्कै देखिँदैन । तालिबानको प्रभाव पहिलेभन्दा निकै ठूलो क्षेत्रमा फैलिएको छ । 

विगत एक हप्तामा तालिबानको फरक फरक आक्रमणमा २०० भन्दा बढी प्रहरी र सुरक्षाकर्मीहरू मारिइसकेका छन् । यसै महिनामा अफगानिस्तानको प्रमुख सैन्य अड्डामा तालिबानले आक्रमण गरेर गजनी शहरमा आतंक मच्चायो । 

अमेरिकी सेनाको तर्फबाट जारी बयानमा दाबी गरिएअनुसार देशका ५६ प्रतिशत भागमा अफगान सरकारको नियन्त्रण छ । तर आँकडाको खेलमा अल्झिएर वास्तविक तथ्य फेला पर्दैन । तालिबान अहिले पनि बलियो छ र आफ्नो
खतरनाक क्रियाकलाप सफल बनाउन पनि लागिपरेको छ । 

अफगानिस्तानका अनेकौं जिल्लामा सरकारको नियन्त्रण सरकारी कार्यालय र सैन्य ब्यारेकमा मात्र छ । शहरको जनजीवन र गतिविधिमा तालिबानको नियन्त्रण छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x