×

NMB BANK
NIC ASIA

जनकपुरधाम – पटक–पटक संविधानमा असन्तुष्टि जनाउँदै आएका २ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित कार्यक्रममा सहभागिता जनाएनन् ।

Muktinath Bank

संघीय सरकारको परिपत्र अनुसार प्रदेश सरकारका कर्मचारीले व्यवस्थापन गरेको वृक्षारोपण कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू कोही पनि सहभागी भएनन् । प्रदेशमा रहेका सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृक्षारोपण गरिएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कार्यालयमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय दिवसको अवसरमा कार्यालयमा ५० वटा विरुवा रोपिएका छन् । संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपालबाट मुख्यमन्त्री बनेका राउतले राष्ट्रिय दिवसमा सहभागिता नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारको सत्ता सहयात्री राष्ट्रिय जनता पार्टी (राजपा) ले औपचारिक रुपमै संविधान दिवस नमनाउने घोषणा गरेको थियो । समाजवादी फोरमको केन्द्रले संविधान दिवस मनाउने भनेपनि प्रदेश स्तरीय नेतृत्वले नमनाउने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

दिवस मनाउने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीदेखि सबै मन्त्रीलाई जानकारी गराइएको भएपनि कसैको सहभागिता नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले बताए । कर्मचारी र सुरक्षाकर्मीले मनाएको दिवस कार्यक्रममा प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहले शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राउतले दिवसको अवसरमा शुभकामना सन्देश पनि दिएनन् । मुख्यमन्त्री कार्यालयले हरेक चाडपर्व र विशेष दिनमा शुभकामना सन्देश जारी गर्ने गरेको भएपनि राष्ट्रिय दिवसमा शुभकामना सन्देश पनि जारी गरेन । प्रदेश सरकारले दिवसको अवसरमा अरु कार्यक्रम समेत आयोजना गरेको छैन ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सरोजसिंह कुशवाहले प्रदेशमा विरोध कार्यक्रम रहेका कारण सरकारको ध्यान शान्तिसुरक्षा कायम गर्नतिर रहेको बताए । ‘राजपा र सिके राउत समूहले विरोध कार्यक्रम गरिरहेका छन्,’ उनले भने, ‘प्रदेश सरकारले शान्ति सुरक्षा कायम राख्न ध्यान दिइरहेको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x