×

NMB BANK
NIC ASIA

संविधान दिवसमा प्रदेश सरकारबाट झण्डा अंकित ढाका टोपी वितरण

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– ७ नम्बर प्रदेश सरकारले विविध कार्यक्रम गरी बुधवार संविधान दिवस मनाएको छ ।

Muktinath Bank

दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाजागाजा र झाँकीसहितको र्‍याली धनगढी रंगशाला पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान जारी भएपछि जुन रुपमा जनताका चाहना र आंकाक्षा बढेका छन् त्यो अनुसार काम गर्ने नसकिएको स्वीकार गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान जारी भएसँगै देश नयाँ संघीय संरचनामा प्रवेश गरी तीनै तहका सरकार निर्माण भएपनि कानून निर्माणको अभावमा सन्तोषजनक काम नभएको उनले बताए । मुलुकमा संघ र स्थानीय तह पुरानै व्यवस्था भएपनि प्रदेश सरकार नेपालका लागि नयाँ अभ्यास भएका कारण प्रदेश सरकार सही बाटोमा आउन अझै केही समय लाग्ने बताए ।


Advertisment
Nabil box
Kumari

सभालाई सम्बोधन गदै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सविधान दिवसका अवसरमा सबैलाई शुभाकमना दिएका छन् । उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट सबैको अधिकारलाई सुनिश्चित गर्ने संविधान जारी भएका कारण सबैले यसको कार्यान्यनमा जोड दिनुपर्ने बताए । उनले ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको हस्ताक्षरमा संविधान सभाले बनाएको नेपालको संविधान २०७२ विश्वकै उत्कृट संविधान भएको दाबी गरे ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले मन्त्री, सांसद, कर्मचारीलाई प्रदेश नम्बर ७ लेखिएको राष्ट्रिय झण्डा अंकित ढाका टोपी बाँडेको छ । संविधान दिवसका अवसरमा बुधवारै प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

संविधान दिवसको अवसरमा मंगलवार साँझ दीपावली गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लसहित मुख्यमन्त्री त्रिलोचन भट्ट, ६ वटै मन्त्री, सांसद, प्रमुख सचिव, सचिव, धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड र सुरक्षा अधिकारी लगायतको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x