×

NMB BANK
NIC ASIA

संविधान दिवसको विरोधमा सीके राउतले देखाए ‘तागत’, पक्राउ गर्न आएको प्रहरी जिल्ल !

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–  संविधान जारी भएको तेस्रो वर्ष, बुधवार देशभर धुमधामका साथ ‘संविधान दिवस’ मनाइए पनि प्रदेश नम्बर २ मा भने केही ठाउँमा त्यसको विरोध समेत भएको छ । खासगरेर ‘स्वतन्त्र मधेस’ अभियान चलाइरहेका सीके राउतको समूहले संविधानको विरोध गर्दै २ नम्बर प्रदेशको राजधानी जनकपुरधाममा ‘श्रद्धाञ्जली सभा’ आयोजना गर्यो । 

Muktinath Bank

संघीय सरकारले संविधान दिवसको तयारी गरिरहेका बेला राउतले भने विरोध दिवस मनाउन तयारी गरिरहेका थिए । सोही सूचनाका आधारमा उनलाई पक्राउ गर्न भनेर व्यापक मात्रामा प्रहरी समेत परिचालन गरिएको थियो । राउतको कार्यक्रमलाई असफल पार्न बुधवार बिहानैदेखि व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । राउतको कार्यक्रम रोक्न २ नम्बर प्रदेशका अन्य जिल्लाबाट पनि थप सुरक्षाकर्मी जनकपुरमा झिकाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, राउत भने कार्यक्रम आयोजना गर्न सफल भए । प्रहरीको अबरोधका बाबजुद राउतले आफ्ना समर्थक र कार्यकर्ताका बीच जनकपुरको मुख्य चोक भनिएको रामानन्द चोकमा सभा गरेका थिए । राउत समूहको सभा चलिरहँदा राजमार्गको सडक करीब १ घण्टा जति अवरुद्ध पारिएको थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

राउतलाई नै पक्राउ गर्न परिचालन भएको प्रहरीले बुधवार दिनभरी जनकपुरलगायत २ नम्बर प्रदेशका विभिन्न ठाउँबाट उनका १०८ जना समर्थकलाई पक्राउ गरेको छ । 

राउतले सम्बोधन गर्ने भनिएको स्थान रंगभूमि मैदान बाह्रबिघालाई सुरक्षाकर्मीले बिहानै देखि आफ्नो नियन्त्रणमा लिएका थिए । उक्त मैदान क्षेत्रमा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  रंगभूमि मैदानको सबै प्रवेशद्वार बन्द गरिएको थियो । त्यहाँ भेला हुन खोजिरहेका राउतका केही कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार समेत गर्यो ।

पहिलेदेखि नै रामानन्द चोकमा भेला हुने भनिएकाले त्यहाँ पनि सुरक्षाकर्मीको बाक्लै उपस्थिति थियो । १ बजे तिर राउतका समर्थकहरूले रामानन्द चोकमा ‘शहीद’हरूको तस्वीरसहितको व्यानर झुण्डयाएर श्रद्धाञ्जली कायक्रम आयोजन गर्न थाले । राउतको एजेण्डा रहेको माग सहितको नाराबाजी गर्दै उनीहरूले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याए । 

प्रहरीले पक्राउ गर्ने क्रम र त्यहाँ थप कार्यकर्ता जम्मा हुने चलन चलिरह्यो । प्रहरीले ४ पटक गरेर रामानन्द चोकबाट राउतका कार्यकर्तालाई गिरफ्तार गरेको थियो । दिउँसो २ बजेतिर राजमार्गको पिराडी चोकबाट रामानन्द चोकमा सयौं कार्यकर्ताहरू मोटरसाइकलमा प्रदर्शन गर्दै आए, त्यहाँ खटिएका सुरक्षाकर्मी पछि हट्न बाध्य भए । त्यस पछि त्यो जुलुश रामनद चोक देखि अस्पताल रोड हुंदै जानकी मन्दिर, जनक चोक, राम चोक, मुरली चोक, बिश्वकर्मा चोक, भ्रमरपुरा चोक हुंदै रामानद चोक मा फिर्ता आउँदा करीब २ हजार जतिको संख्याको भीड जुलुसमा सहभागी भएको थियो । 

रामानन्द चोकमा सभा आयोजन गर्न करीब आधा घण्टा जति भीड जम्मा भए पछि अचानक राउत त्यहाँ आइपुगे । राउतलाई पक्रउ गर्न भनेर २ साता अगाडिदेखि प्रहरी परिचालन भएको थियो । 

तर प्रहरीलाई नै झुक्याउँदै राउत एकाएक रामानन्द चोकमा देखा परे । प्रहरीले राउतलाई गिरफ्तार गर्न सकेन । 

राउतले सम्बोधनका क्रममा मधेस केन्द्रित प्रमुख दुई दल संघीय फोरम र राजपाको आलोचना गरे । साथै संघीय सरकारको पनि आलोचना गरे । राउतले आफ्नो सम्बोधनका क्रममा प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवदेखि स्थानीय तहले बढाएको करको प्रसंग उठाए । 

राउतले बुधवार ‘चलु जनकपुर, भरु जनकपुर’ नारा दिएर सिरहा, महोत्तरी र धनुषाबाट आफ्ना कार्यकर्तालाई भेला हुन आह्वान गरेका थिए । सार्वजनिक सवारीका मजदुर र चालकहरुको हड्तालका कारण अपेक्षा गरिएअनुसार राउतका कार्यकर्ता उपस्थित हुन नसकेको कतिपयको भनाइ थियो । 

राउतभन्दा ‘कमजोर’ राजपा ! 

प्रदेश नम्बर २ को सत्तारुढ तथा संघीय सरकारको समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि बुधवार संविधान दिवसको विरुद्धमा र्याली आयोजना गरेको थियो । तर, राजपाको र्यालीमा भने सीके राउतकोभन्दा निकै कमजोर देखियो । 

राउतको र्याली र सभामा २ हजारको हाराहारीमा समर्थकहरु उपस्थित हुँदा राजपाको र्यालीमा भने मुश्किलले २ सय जना देखिएका थिए । 

राजपाका नेता तथा २ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री नबल किशोर साहले जुलुसको अगुवाइ गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x