×

NMB BANK
NIC ASIA

संविधान दिवसको विरोधमा मधेसमा ‘ब्लाक आउट’, फोरमका मन्त्रीलाई नैतिक संकट !

असोज ३, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्बिर
Premier Steels
Marvel

जनकपुरधाम–   २ नम्बर प्रदेशको राजधानी जनकपुरधाममा आधा घण्टा ‘ब्ल्याक आउट’ गरिएको छ । संविधान दिवसको बिरोधमा जनकपुर बुधबार साँझ ७ बजे देखि साढे ७ बजे सम्म आधा घण्टा अँध्यारो पारिएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार साँझ सात बजेदेखि साढे सात बजेसम्म संविधान दिवसको बिरोधमा ‘ब्ल्याक आउट’ गर्न जनतालाई आह्वान गरेको थियो । तर, मुख्यमन्त्री लाल बाबु राउत, फोरमबाट प्रतिनिधित्व गर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने मन्त्रालयको निवासमा ब्ल्याक आउट गरेका थिएनन् । तर, फोरमकै अर्का मन्त्री शैलेन्द्र साहको निवासमा भने बत्ती निभाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयमा राजपाका मन्त्रीहरू जितेन्द्र सोनार, नबल किशोर साह, रामनरेश राय र को निवासमा भने बत्ति निभाइएको थियो । राज्यमन्त्रीहरूको निबास भने मन्त्रालय परिशरमा छैन । 


Advertisment
Nabil box
Kumari

आफ्नो निबासमा बत्ति निभाएर ब्ल्याक आउट गरेका राजपाका सामाजिक बिकास मन्त्री नबल किशोर साहले भने, ‘मुख्यमन्त्रीदेखि फोरमका अन्य मन्त्रीहरूले बत्ति बाल्नु भयो । अब उहाँहरूको इच्छा हो, जबरजस्ती त गर्न पाइन्न ।’

Vianet communication
Laxmi Bank

त्यस्तै राजपाबाटै प्रतिनिधित्व गर्ने मन्त्री रामनरेश यादबले भने, ‘अब जनताले नै सबै कुराको मुल्यांकन गर्नेछन् । किन बिगतमा उहाँहरूले पनि ब्ल्याक आउट गर्नु भएको थियो र आज किन आफ्नो निवासमा बत्ति बाल्नु भयो त्यो त जनताले मुल्याङ्कन गर्नेछन् ।’ 

देशका कतिपय स्थानमा संबिधान जारी गरिएको खुशियालीमा दीपबाली मनाइरहेको अबस्थामा २ नम्बर प्रदेशका राजधानी सहित प्रदेशका आठ वटै जिल्लाका सदरमुकामहरूमा ‘ब्ल्याक आउट’ गरेर बिरोध गरिएको छ ।

सबै मानिसहरूले आआफ्नो घरमा रहेको बत्ति निभाउनुका साथै सडकमा गुड्ने सबारी साधनको बलेको बत्ति समेत निभाउन लगाएका थिए । 

राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले गरेको पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रदेशका कतिपय जिल्लामा भने १५ मिनेट मात्र ब्ल्याक आउट गरिएको बताइएको छ ।

यद्यपि विगतका वर्षमा जस्तो संविधान दिवसको दिन स्वतःस्फुर्त रुपमा नागरिकले ‘ब्ल्याक आउट’ गरेनन् । विगतका वर्षमा साँझ लोडसेडिङ हुने गरेपनि यस वर्ष विद्युत प्राधिकरणले साँझ बिजुली काटेको थिएन । केही ठाउँमा ब्ल्याक आउट गरिएपनि अधिकांश जनताले भने बत्ति बालेको नै देखियो । 

संविधानको बिरोध स्वरूप २ नम्बर प्रदेश सरकारमा सहभागी भएका राजपाका मन्त्री र राज्य मन्त्रीहरूले बुधबार प्रदेशका बिभिन्न जिल्लामा आयोजना गरिएको बिरोध जुलुसको नेतृत्व गरेका थिए । 

प्रदेश सरकारका मुख्यमन्त्री लाल बाबु राउतदेखि संघीय समाजबादी फोरम नेपालका अन्य मन्त्री तथा राज्यमन्त्रीहरूले संविधान दिवसको अबसरमा न त कुनै कार्यक्रममा सहभागीता जनाए न त  संविधानको बिरोध गरिएको कार्यक्रममा उपस्थित भए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x