फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं — भारतमा सामाजिक सञ्जाल प्रयोगकर्तामाझ एक बालिकाको तस्वीर खुबै चर्चामा रह्यो । तस्वीरमा बालिका आफ्ना पिताको शवनजिक रुँदै गरेको देखिन्छ ।
तस्वीर जति भावुक छ, त्यसको पछाडि रहेको कथा त्यति नै पीडादायक छ । बालिकाको पिताको ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो ।
तस्वीर सार्वजनिक भएपछि बालिकाको परिवारको सहायताका लागि सामाजिक सञ्जाल खुलेर आयो र हेर्दाहेर्दै २४ लाख भारु जम्मा भयो ।
दिल्ली जल बोर्डको ढल सफाइ गर्दागर्दै ३७ वर्षीय अनिलको मृत्यु भदौ २९ गते भएको थियो । परिवारमाथि यसअघि नै शोक परेको थियो । अनिलका चार महिनाको बच्चाको ६ महिनाअघि मृत्यु भएको थियो ।
अनिल आफ्नी पत्नी रानी र तीन बालबच्चासँग दबरी एक्सटेन्सनमा भाडाको कोठामा बस्थे ।
सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने व्यक्तिले परिवारसँग अनिलको अन्तिम संस्कार गर्ने पैसा पनि नभएको लेखेको थियो । पोस्ट देखेर मानिसले लाइक र कमेन्ट मात्र गरेनन्, आर्थिक सहायता पनि दिए । अनिलकी पत्नीको बैंक
खातामा २४ लाख भारु जम्मा भइसकेको छ ।
रानीले सहायता गर्ने मानिसहरूलाई धन्यवाद दिएकी छन् । आएको पैसाले आफ्ना बच्चाहरूलाई शिक्षित गराएर राम्रो जीवन दिलाउने रानीको भनाइ छ ।
अनिलको यो मृत्युले ढल र सेप्टिकट्यांक सफा गर्ने कर्मचारीको सुरक्षाका सम्बन्धमा प्रश्न उठाएको छ । राष्ट्रिय सफाइ कर्मचारी आयोगको आँकडाअनुसार, विगत २५ वर्षमा ६३४ सफाइ कर्मचारीहरूको सफाइका क्रममा मृत्यु भएको छ ।
एजेन्सी
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...