×

NMB BANK
NIC ASIA

डा. ओम मूर्तिको सुझाव- मुटु रोगको खतराबाट बच्न यसो गर्नुस्

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

यदी तपाईं मुटुरोगबाट बच्न चाहनुहुन्छ भन्ने निम्न लिखित कुरा हरुमा ध्यान दिनुस् । प्राय: जसो अवस्थामा केही न केही मुटुरोगको जोखिम भएकै ब्यक्तिमा हार्ट अटेक, मस्तिस्कघात वा अन्य मुटुरोग लग्ने गर्छ। त्यसैले तपाईं सँग त्यस्ता मुटुरोग्का कुनै जोखिमहरु छन् कि छैनन् पत्तालगाउनु जरुरी हुन्छ । यदी केही जोखिमहरु छन् र तपाईं ले त्यसको समयमै पहिचान र नियन्त्रण गर्नु सक्नु भयो भन्ने मुटुरोग को खतरा बाट बच्न सक्नुहुन्छ । 
लामो समयदेखि यस्तै जोखिमहरु शरीर भित्र भएर पत्ता न लागेर नियन्त्रण नहुँदा नै मानिसलाई मुटुरोगको सम्भावना बढेको बुझिन्छ। किनभन्ने मुटुरोगको थालनी भाईसकेको धेरै महिना र वर्षसम्ममा पनि केही लक्षण देखा नपर्न पनि सक्छ। प्राय: मुटु रोग अगाडि बढी सकेपछि मात्र हामी लक्षण देखिने भएकोले यसको कारण पत्ता लगाइ रोक्थाम र नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ। 

Muktinath Bank

प्रथम : चुरोट/मदिरा


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरु सबै कुरा राम्रो भएपनि यो कारण ले मात्र पनि तपाईं लाई मुटुरोगको जोखिम हुन्छ। र अरु केही जोखिम हरु पनि छन् भन्ने , यो झन बढी खतरनाक हुन सक्छ। स्वास्थ्य भविश्य को लागि चुरोट खाँदै नखानु र मदिरा पनि सकेसम्मा नखानु वा काम खानु सुरक्षित हुन्छ। चुरोटले हार्ट अटेक को र मदिरा ले ब्रेन अटेक को खतरा २-३ गुणा बढाउँछ ।


Advertisment
Nabil box
Kumari

दोस्रो : उच्चरक्तचाप 

Vianet communication
Laxmi Bank

प्रत्येक घर मा १-२ जना लाई उच्च रक्तचाप भएको र अधिकांशले औषधि खान न चाहेको र औषधि खाएपनि धेरैको रक्तचाप राम्रो नियन्त्रण नभएको अवस्था देखिन्छ। यस्ले गर्दा मुटु, मस्तिस्क र म्रिगौलामा ठूलो, दीर्घ र नदेखिने असर प्रत्येक क्षण भई रहेको हुन्छ। रक्तचाप को नियन्त्रण शुरु देखिनै गर्न सकेमा यसको प्रकोपबाट सजिलै बाँच्न सकिन्छ। तर समाजमा विध्यमान भ्रमहरुले असंख्य ब्यक्तिहरु को स्वास्थ्यलाई जोखिमामा मात्रै होइन कि अल्प आयु मै ज्यान को खतरा बढेको देखिन्छ। समय मै चिकित्सकिय परामर्श अनुसार जीवनशैली, खनपिन र औषधि को उपयुक्त प्रयोगले हामी आफूलाई स्रक्षित गर्न सक्छौ।

तेस्रो : कोलेस्टेरोल 

उच्च कोलेस्टेरोलले हृदयाघातको खतरा लगभग ३ गुणा बढाउँछ । कोलेस्टेरोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै धेरै हुन्छ । उच्च कोलेस्टेरोलको केही लक्षण हुँदैन, रगतको जाँच नगरेसम्म उच्च कोलेस्टेरोल छ कि छैन थाहा हुँदैन । त्यसैले बिहान खालि पेटमा रक्तपरीक्षण गरी आफ्नो कोलेस्ट्रोलको मात्रा थाहा पाउनुहोस् । मधुमेह, उच्च रक्तचाप, मोटोपना र परिवारमा हृदयाघात भइसकेको व्यक्तिले आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ ।

२० वर्ष भन्दा माथिका प्रत्येक ब्यक्तिले आफ्नो रगत मा कोलेस्टेरोल को मात्रा कति छ थाहा हुनपर्छ। कोलेस्ट्रोललाई ३ महिना भित्र खनपिन र जीवनशैली ले नियन्त्रण मा लिन नसकेको अवस्था मा औषधिको प्रयोग निरन्तर लामो समय सम्म नटुटाइ गर्नु नै सर्वोत्त्तम मानिन्छ। कहिले काहि शुरुदेखी नै औषधि खानु राम्रो हुन्छ।

चौथो : मधुमेह

मधुमेह हुनेहरुलाई हृदयाघातको खतरा २-३ गुणा बढाउँछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । बिहान खालि पेटमा रगत जाँच गरी सुगरको मात्रा थाहा पाउनुस् । सुरुसुरुमा मधुमेहको केही लक्षण नहुन सक्छ । त्यसैले रक्तपरीक्षण नै मधुमेह थाहा पाउने उपयुक्त तरिका हो । मधुमेहको उचित उपचार भएमा मुटु रोगको सम्भावना घट्छ । मधुमेह को बिरामीले प्रेसर, सुगर, कोलेस्टेरोल को राम्रो नियन्त्रण गर्नु पर्छ। चुरोट एउटा पनि खानु हुँदैन ।

पाँचौ : मोटोपना

यदी तपाईं मोटो हुनुहुन्छ वा कम्मर वरिपरि धेरै बोसो रहेछ भने हृदयाघातको खतरा बढी हुन्छ । तपाईंले आफ्नो चाहिने तौल पत्ता लगाउन उचाइ (सेमि) बाट १०० घटाउँनुहोस् । तपाईंको तौल योभन्दा कम हुनुपर्छ । जस्तैः १६० सेमि उचाइ हुँदा, तपाईंको तौल १६०-१०० . ६० केजीभन्दा बढी हुनु हुँदैन । आफ्नो पेटको मोटाइ नाइटोको वरिपरि नाप्नुहोस् र हिपको मोटाइ सबभन्दा चौडा भागमा नाप्नुहोस् कम्मरको नाप र हिपको नापको रेसियोलाई 'वेस्ट हिप रेसियो' भनिन्छ । यो रेसियो पुरुष र महिलाको क्रमश ०.९० र ०.८५ भन्दा कम हुनुपर्छ ।

परिवार, कार्यालय वा अर्थव्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयाघात निम्त्याउन सक्छ । डिप्रेसनले पनि हृदयाघात निम्त्याउन सक्छ । तपाईंलाई पनि डिप्रेेसन वा अत्यधिक तनाव छ कि छैन विचार गर्नुहोस् ।
नियमित रूपमा अत्यधिक मदिरा सेवन गर्नु वा एकदिनमै अत्यन्तै धरै मदिरा सेवन गर्नु -बिन्ज डि्रन्किङ) ले पनि हृदयाघात निम्त्याउन सक्छ । पुरुषले २० ग्राम र महिलाले १० ग्राम प्रतिदिनभन्दा बढी मदिराको सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यदि तपाईंलाई माथि उल्लिखित १ भन्दा बढी कारक तत्त्वहरू छन् भने हृदयाघाताको खतरा धेरै गुणा बढी हुन्छ । तपाईं आफ्नो दिनचर्यामा ससानो परिवर्तन गरेर हृदयाघातबाट सजिलैसँग बच्न सक्नुहुन्छ । तलका उपाय अपनाएर हृदयाघातबाट बच्नुहोस् ।

अन्य महत्त्वपूर्ण सल्लाहहरु 

1.    नियमित रूपले ताजा फलफूल, प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्नोस् ।

2.    नियमित शारीरिक गतिविधि, दैनिक आधा घन्टा हिँडडुल गर्ने बानी बसाल्नुहोस् । -हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, ट्रेड मिलमा दौडिने । याद राख्नुहोस्: जटिल वा गाह्रो व्यायामले उल्टै मुटुलाई हानि पनि गर्न सक्छ ।

3.    मदिराको सेवन नगर्ने

4.    मोटोपना भएमा तौल घटाउने र नियन्त्रण राख्ने ।

5.    आफ्नो दैनिक आहारमा नुन, चिनी, घिउ र चिल्लो (फैट) को सेवन सकेसम्म कम गर्ने

6.    डिप्रेसन वा तनावलाई कम गर्ने, यसका लागि घर र कार्यालयमा सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने

7.    चुरोट/बिंडीको सेवन बन्द गर्नुहोस् । यसको सेवन बन्द गरेको दिनदेखि नै हृदयाघातको खतरा कम हुँदै जान्छ ।

8.    मिधुमेह, उच्च कोलेस्टेरोल, उच्च रक्तचापको नियन्त्रण गर्नुहोस् । यसका लागि नियमित शारीरिक गतिविधि, स्वस्थ आहार, तौल घटाउने र आवश्यक परेमा औषधि प्रयोग गर्नुहोस् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x