×

NMB BANK
NIC ASIA

किम र मूनको भेटवार्तामा जादूगरको के काम ?

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनबीच प्योङयाङमा भइरहेको शिखर सम्मेलन अनेकौं अर्थमा महत्त्वपूर्ण छ । 

भेटघाटको दोस्रो दिनमा नै उत्तरले आफ्ना प्रमुख क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्नका लागि स्वीकृति दिएको छ । 

तर रमाइलो कुरा त शिखर सम्मेलनमा एक जादूगर पनि पुगेका छन् । 

दक्षिणका राष्ट्रपति मूनसँग गएको प्रतिनिधिमण्डलमा दक्षिण कोरियाली जादूगर ह्युन वु चोइ पनि गएका छन् । 

उत्तर कोरिया जानुअघि सीबीएस रेडियोसँग कुरा गर्दै चोइले भने, ‘म कहिले र कहाँ आफ्नो कला प्रदर्शन गर्न पाउँछु भन्ने त थाहा छैन किनकि त्यहाँ म जाने योजना अचानक बन्यो ।’

चोइका अनुसार, जादू देखाउँदा किम पनि उपस्थित हुनेछन् । 

हंक्योराह वेबसाइटमा १७ सेप्टेम्बरमा छापिएको खबरअनुसार, प्रतिनिधिमण्डलमा क्याङ क्युङ ह्वा पनि छन् । उनी आधिकारिक रूपमा प्योङयाङ पुग्ने पहिलो दक्षिण कोरियाली परराष्ट्रमन्त्री हुन् ।

वेबसाइटका अनुसार, क्याङलाई बोलाइएबाट प्रस्ट हुन्छ – शान्ति र सहअस्तित्व मून र किमका लागि एकीकरणभन्दा बढी महत्त्वपूर्ण छ । 

प्रतिनिधिमण्डलमा इस्थर ली र किम क्यु येओन नामक दुई विद्यार्थीलाई पनि लगिएको छ । 

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार, किमले मूनसँग यसो भनेको सुनिएको थियो – ‘तपाईं अनेकौं देशको यात्रा गरिरहनुहुन्छ । विकसित देशको तुलनामा हाम्रो अवस्था अलिक कमजोर छ तर हामी आफ्नै स्तरमा
तपाईंको यात्रा र बसाइलाई सहज बनाउने व्यवस्था मिलाइरहेका छौं । ती सेवाहरू सामान्य स्तरका होलान् तर तपाईंले हाम्रो आतिथ्यलाई हृदयदेखि नै स्वीकार गर्नुहुनेछ भन्ने आशा गरेका छौं ।

खास कुरा के भने किमले आफ्नो देशको आधारभूत संरचना जर्जर रहेको स्वीकारेको यो पहिलो अवसर हैन । 

यसअघि अप्रिल महिनामा उनले पानमुनजोममा मूनसँग भेट्दा पनि उत्तरको खराब यातायात र सडकको मजाक उडाएका थिए । 

किमको परिवार प्रायः सार्वजनिक हुँदैन तर यस शिखर सम्मेलनमा किमकी बहिनी किम यो–जोङ क्यामराबाट बच्दै हिँडेको देखिइन् । 

उनले सम्मेलनका बेलामा फोनमा मानिसहरूलाई निर्देशन दिएको चाहिँ देखियो । 

यसअघि किमको राजनीतिक बैठकमा यो–जोङले आवश्यक व्यवस्था मिलाएको देखिएको थियो । 

प्योङयाङमा किमले मूनलाई विमानस्थलमै स्वागत गरे । 

अनि सयौं उत्तर कोरियालीले कोरियाली प्रायद्वीपको झण्डा लिएर उनको स्वागत गरे । 

मून आफैं उत्तर कोरियाली शरणार्थीका छोरा हुन् । उनले पनि झुकेर मानिसहरूलाई अभिवादन गरे र हात मिलाए । 

प्योङयाङ पुग्नुअघि मून र उनकी पत्नीलाई घरबाहिर कुकुरका साथ देखियो । 

द कोरिया हेराल्डका अनुसार, मून र उनकी पत्नीले कुकुरको टाउकोमा हात घुमाए तर ऊ दुःखी भएर हेरिरह्यो । मून र उनकी पत्नीमा कति जिम्मेवारी छ भन्ने कुरा उसलाई थाहै छैन । 

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार, उत्तर कोरियाका तर्फबाट निर्यात गरिने च्याउ मूनलाई विशेष उपहारका रूपमा दिइने सम्भावना छ । 

सउलस्थित डेली एनके वेबसाइटले असोज १ गते छापेको खबरअनुसार, हालै हेम्ग्योङ प्रान्तबाट ठूलो मात्रामा च्याउ प्योङयाङ पठाइएको थियो । 

एक सूत्रले वेबसाइटलाई बतायो, ‘यसअघि पनि प्योङयाङका विलासी होटलका लागि च्याउ पठाइएको थियो । तर अधिकारीहरूले राम्रो च्याउ छान्न बहुत समय लगाइरहेका छन् र आवश्यकभन्दा बढी च्याउ पठाइरहेका छन् ।’

यसअघि सन् २००० र २००७ मा उत्तरले चिलबोसान पाइन नामक च्याउ दक्षिण कोरिया पठाएको थियो ।

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x