×

NMB BANK
NIC ASIA

राजीनामा गरेर निकास दिन न्यायाधीश जोशीलाई नेकपाको प्रस्ताव, नगरे महाअभियोग

असोज ४, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेको छ । विभिन्न सुत्र मार्फत जोशीलाई राजीनामा गर्न सुझाव दिइएको नेकपाका एक प्रभावशाली सांसदले जानकारी दिए । 

Muktinath Bank

‘जोशीले राजीनामा दिएनन् भने आज भोलि मै महाअभियोग प्रस्ताव दर्ता हुन्छ, त्यसका लागि हस्ताक्षर संकलन भइसकेको छ’ नेकपाका एक सांसदले लोकान्तरसंग भने । राजीनामाका लागि विभिन्न सूत्र मार्फत नेकपाले जोशीसँग सन्देश पठाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाले सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । नेकपाका सांसदहरु बिहीवार अबेरसम्म संसदीय दलको कार्यालय सिंहदरवारमा छन् । आजै प्रस्ताव दर्ता हुन सक्ने सम्भावना रहेको भन्दै सांसदहरु संसदीय दलको कार्यालयमा भेला भएका हुन् । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभामा कायम रहेका एक चौथाइ सांसदको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गर्न सकिने व्यबस्था छ । गएको साउन १८ गते समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । संसदीय समितिबाट अस्वीकृत भएपछि जोशी लामो विदामा बसेका थिए । सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आएपछि जोशी भदौ २६ देखि हाजिर भएर इजलास हेरेका थिए । 

Vianet communication
Laxmi Bank

संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यबस्था गरिएको छ । संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेमा न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सक्ने व्यबस्था छ । 

संसदको दुईतिहाइ बहुमतले न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन सक्ने संवैधानिक व्यबस्था छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x