×

NMB BANK
NIC ASIA

खुर्सिद आलमको हत्या गरी अपराधी ‘सजिलै’ भागेपछि सीमामा सुरक्षा कडा

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – सुनसरीमा खुर्सिद आलमको हत्याको विषयले मुस्लिम अगुवालाई त्रसित बनाएको छ । 

Muktinath Bank

बिहान गोली हानी हत्या गरिएका आलमको शव अहिलेसम्म पनि उठेको छैन । उनको शन गोली हानिएको गाउँमा राखिएको छ । स्थानीयले प्रदर्शन गरेर सरकारको स्पष्ट धारणा नआउँदासम्म शव नउठाउने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा रैयन पब्लिक स्कूलका प्रधानाध्यापक र सञ्चालक रहेका आलमलाई गोली हानिनुभन्दा पहिला उनी आफ्नै एउटा संस्थाको बैठक सकेर फर्किएका थिए । 


Advertisment
Nabil box
Kumari

विद्यालयको सम्बन्धमा अभिभावकलाई बोलाएर बैठक राखिएको थियो । हरेक महिनाको अन्त्यमा विद्यालयले विद्यार्थीका अभिभावकसँग छलफल गर्दै आएको थियो । त्यही क्रममा आज पनि बैठक आयोजना गरिएको थियो । विद्यालयभन्दा केही टाढा भएको बैठक सकेर आफन्त पर्ने अमिन मियाँको मोटरसाइकलमा खुर्सिद विद्यालयतर्फ जाँदै थिए । 

Vianet communication
Laxmi Bank

स्कूलबाट ३० मिटरअघि जाने बित्तिकै गोली हान्नेहरू पछि लागेर आएका थिए । बिच बजारमा पछाडिबाट पच्छयाउँदै २ वटा मोटरसाइकलमा आएका ४ जना हतियारधारीले खुर्सिद सवार मोटरसाइकललाई लक्षित गरी गोली हानेका थिए । मोटरसाइकल रोकेर अमिनलाई ओरालेपछि नजिकैबाट हतियारधारीले खुर्सिद आलामलाई छाती र घाँटीमा गोली हानेर हत्या गरेका स्थानीय बताउँछन् । 

स्थानीय लस्करी अन्सारीका अनुसार गोली हानेपछि उनीहरू भारततर्फ भागेका थिए । एउटा मोटरसाइकल पूर्व लागेको र अर्को मोटरसाइकल दक्षिण लागेको थियो । त्यसलगत्तै स्थानीयले प्रहरीलाई खबर गरे । अनि कतिपयले सिमावर्ती क्षेत्र घुस्कीमा रहेका आफन्तलाई पनि फोन गरेर घटनाको बारेमा जानकारी गराएका थिए ।

भुटाहाबाट घुस्की पुग्न करीब ७ किलोमिटरको दूरी पार गर्नुपर्ने भएकाले त्यहाँसम्म पुग्नको लागि समय लाग्ने भन्दै स्थानीयले घुस्की प्रहरीलाई खबर गरेको लस्करी बताउँछन् ।

‘हामीले प्रहरीलाई पनि तत्कालै खबर गर्यौं । तर, ७ किलोमिटर ग्राभेल बाटोबाट सुटर भारत पुग्दासम्म प्रहरीले पक्राउ गर्न सकेन,’ लस्करीले भने, ‘सीमा काट्नै लाग्दा घुस्की प्रहरी चौकीका एक प्रहरी जवानलाई गोली हानेर जाँदा पनि प्रहरीले पक्राउ गर्न सकेन ।’ स्थानीयले घटनालाई पहिलेदेखि नै व्यक्तिको पहिचान गरेर हत्या गरेको हुनसक्ने भनेका छन् । भारतीय बजारबाट आएका व्यावसायिक सुुटरबाट नै खुर्सिदको हत्या भएको स्थानीय व्यापारी ईशा अन्सारीले बताए ।

घटनाबारे सशस्त्र प्रहरी बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तले घटनाबारे ढिलो जानकारी हुँदा घटना भएको बताएका छन् । अहिले बोर्डर सिल गरेर सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । ‘हामी परिचालन हुनभन्दा पहिला नै भागेको हुन् । हामीलाई जानकारी हुनासाथ भारतको सीमा सुरक्षा बलका कमाण्डर रमेशचन्द्र मलहोत्रालाई जानकारी गराइएको थियो,’ उनले भने । 

इन्सपेक्टर पन्तले प्रहरीलाई गोली हानेपछि स्थानीय अबुल अन्सारीले फोन गरेर मात्र थाहा भएको बताए । ‘थाहा पाउने बित्तिकै आफ्नो टोलीलाई सेटबाट हतियारसहित सेतो कलरको ‘अपाचे बाइक’ देख्ने बित्तिकै नियन्त्रणमा लिने अन्यथा गोली ठोक्ने आदेश भएको थियो,’ उनले भने । नेपाल प्रहरीको चौकी मुख्य सडकमा रहेको भएपनि सशस्त्र प्रहरीको क्याम्प सडकभन्दा करीब ३० किलोमिटर भित्र रहेको छ ।

हत्या भएका खुर्सिदको शव उठाउन नदिएर स्थानीयले आन्दोलन गरिरहेका छन् भने दक्षिणी सिमासँग जोडिएका स्थान कप्तानगञ्जदेखि बसन्तपुरसम्मका भागमा व्यापक सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । सबैमा निगरानी बढाइएको छ भने भारतीय सुरक्षाका अधिकारीसँग पनि सहकार्य गरेर हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x