×

NMB BANK
NIC ASIA

राजेन्द्र महतोले सरकारमाथि लगाए गम्भीर आरोप, सीके राउतसँग विशेष कनेक्सन

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो र अनिल झा ३ दिन कैलाली र कञ्चनपुरमा बिताएर फर्के ।

Muktinath Bank

संविधान दिवसको पूर्वसन्ध्यामा आएका उनीहरु संविधानको विरोध कार्यक्रम, राजनीतिक भेटघाट, कैलाली कारागारमा रहेका कैदीबन्दी संग भेटवार्ता गरी राजधानी फर्केका हुन् । यहाँको बसाईमा उनीहरुले स‌ंघीय सरकारकाे कडा अालाेचना गर्नुका साथै  विखण्डनकारी नारा लगाइरहेका सीके राउतकाे भूमिकाबारे समेत प्रश्न उठाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजपा अध्यक्ष मण्डलका सदस्य महताेले संघीय सरकार र  सीके राउतबीच विशेष कनेक्सन रहेकाे अाराेप समेत लगाए । 


Advertisment
Nabil box
Kumari

‘हामी पहिचानवादी हौ । प्रान्तीय प्रणालीबाट मुलुक समृद्ध बन्छ भन्ने मान्यता राख्छौ । तर हाम्रो एजेण्डालाई असफल पारेपछि कसको एजेण्डा बलियो हुन्छ ? जसले अर्को देश मागिरहेको उसको एजेण्डा नै बलियो हुन्छ नि,' धनगढीमा विहिवार आयोजित पत्रकार सम्मेलनमा महताेले भने, ‘हामीलाई असफल पार्ने काम राज्यले गरिरहेको छ । मुलुकलाई विखण्डनतर्फ धकेल्ने काम राज्यले गरिरहेको छ ।’

Vianet communication
Laxmi Bank

आफूहरु राज्यको सफल संघीयताको प्रयासमा हातेमालो गर्न खोजेको बताउँदै महताेले त्यहि अनुसारको संरचना, अधिकार र व्यवस्था बनाउनुपर्ने माग समेत गरे । ‘हामी त नेपालको सोभरेन्टीभित्र अधिकार सम्पन्न भएर बस्नुपर्ने व्यवस्था बनाउनुपर्छ भन्दै आएका छौं । तर राज्यले बनाइरहेको छैन’, उनले अगाडी थपे, ‘हामी त असफल होउला तर हामीलाई असफल बनाएर राज्यलाई नै असफल बनाइरहेको छ । यसमा विखण्डनकारीहरुलाई बल पुर्‍याइरहेको छ ।’

महताेले स‌ंविधान स‌ंशाेधन र मधेस अान्दाेलनका क्रममा लगाइका मुद्दा फिर्ताकाे विषयमा पर्ख र हेरकाे अवस्थामा रहेकाे पनि बताए । 

‘हामीले यो सरकारलाई समर्थन पनि गरेका छौ । तर सदुपयोग भएन । संविधान संशोधन, कैदीबन्दी रिहाईलगायत माग राखी हामीले समर्थन गरेका हौ । हालसम्म हामी ‘पर्ख र हेर’को अवस्थामा छौ’, नेता महतोले भने ।

कञ्चनपुरको बलात्कारपछि हत्या प्रकरणलगायत घटनालाई कोट्याउँदै उनले मुलुकमा राज्यबाटै आतंक सिर्जना समेत भएको आरोप लगाए ।

त्यस्तै राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले मधेस तथा थारूको माग सम्बोधन गर्ने आशका कारण आफूहरुले वर्तमान सरकारको समर्थन गरेको जिकिर गरे ।  ‘सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन’, उनले भने, ‘अहिले संसदमा पनि हामी नरम भएका छौँ, जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x