×

NMB BANK
NIC ASIA

ब्राजिलमा गोली छेक्न सक्ने कार, सुरक्षा कि प्रतिष्ठा ?

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जोहानेस माइबर्ग / एएफपी

Muktinath Bank

साओ पाउलो- ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको रवाफ देखाउन पनि प्रयोग गरिन थालेको छ । ब्राजिलमा अरु धेरै मुलुकमा भन्दा ज्यादै बढी बुलेटप्रुफ कार प्रयोग हुने मुलुकमा दर्ज भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

औद्योगिक क्षेत्रका विज्ञहरुका अनुसार ब्राजिलमा विश्वमै सबैभन्दा ठूलो बुलेटप्रुफसम्बन्धी उद्योग सञ्चालनमा छ । यहाँ करिब २४ करोड ५० लाख अमेरिकी डलर बराबरको बुलेटप्रुफ निर्माणसम्बन्धी उद्योग छ । 

Vianet communication
Laxmi Bank

तर आर्थिक मन्दीबाट बिस्तारै घस्रेर सुधारतर्फ अघि बढेको ब्राजिलमा सवारी चालकहरु बजेटको चाँजोपाँजो मिलाउनमै व्यस्त देखिन्छन् । लगातार दुई वर्षसम्म निकै ओरालो लागेको ब्राजिलको अर्थतन्त्र सन् २०१७ मा एक प्रतिशतले झिनो वृद्धि भएको थियो । 

“मलाई कार औधी मन पर्छ, तर एउटा मात्र कारका लागि यतिधेरै खर्च गर्न मलाई ठीक लागेको छैन,” एकजना कानुन व्यवसायी माउरिसियो पाउलोले बताउनुभयो । उहाँ अहिले दोस्रो बजारबाट खरिद गरिएको बुलेटप्रुफ भोल्भो एक्सजेड ६० चढ्दै हुनुहुन्छ । 

पाउलोको यो ४० वर्ष पुरानो चौथो बख्तरबन्ध कार हो । 

ट्राफिक लाइटमा रोकिएको बेला डकैती भएपछि उहाँले पहिलो बुलेटप्रुफ कार किन्नुभएको थियो । १८ महिनाअघि छोरी जन्मिएपछि उहाँले अर्को पनि बुलेटप्रुफ गाडी किन्नुपरेको थियो । तर यसपटक पनि उहाँसँग मितव्ययी हुनुको विकल्प थिएन । 

“असुरक्षित परिस्थितिका कारण मलाई बुलेटप्रुफ कार नै चाहिएको थियो,” उहाँले भन्नुभयो । “मैले अरुले चढेको पुरानो कार किनें किनभने थोरै पैसामा सुरक्षितसाथ घुम्ने एकमात्र विकल्प यही थियो ।” 

सामान्य कारलाई बुलेटप्रुफ बनाउन थप १३ हजार अमेरिकी डलर आवश्यक हुन्छ । यो रकमले त अर्को कार किन्न पनि पुग्छ । तर पुराना बुलेटप्रुफ कारको मूल्य भने १० देखि ४० प्रतिशतसम्म न्यून हुने गरेको छ । 

अर्को ठूलो बजार मेक्सिकोको हो । यहाँ सन् २०१७ मा दुई हजार ९८६ वटा कारमा बुलेटप्रुफ राखियो । गत वर्षको आर्थिक जटिलताका बाबजूद ब्राजिलमा १५ हजार कारमा बुलेटप्रुफ जडान गरिएको छ । 

ब्राजिलको आर्थिक राजधानी साओ पाउलोमा खासगरी मध्यमवर्गले कारलाई बुलेटप्रुफ बनाएको पाइएको छ । यद्यपी, ब्राजिलका विभिन्न भागमा तनाब भइरहे पनि साओ पाउलोलाई सबैभन्दा सुरक्षित मान्ने गरिन्छ । 

झण्डै दुई तिहाई बुलेटप्रुफ जडानको कार्य साओ पाउलोमै हुने गरेको छ, र मुलुकका करिब एकलाख ५० हजार बुलेटप्रुफ जडित कारमध्ये अधिकांश यही सहरमा छन्, बुलेटप्रुफसम्बन्धी संस्था अब्राबलीनले जनाएको छ । 

अब्राबलीन वा पुराना कार बिक्रेताको छाता संस्था फेनाउतो दुबैले पुराना बुलेटप्रुफ गरिएका कारको अभिलेख राखेका छैनन् । तर औद्योगिक क्षेत्रका विज्ञहरुको भनाइमा यो वास्तविक प्रवृत्ति हो । 

“यो वर्ष पुराना कारको बिक्री अझ बढ्ने देखिन्छ,” साओ पाउलोस्थित बुलेटप्रुफको काम गर्ने कम्पनीका निर्देशक फाबिओ रोभेडो डे मेल्लोले बताउनुभयो । “मुलुकको पछिल्लो परिस्थितिका कारण प्रयोग भइसकेका कारको माग ह्वात्तै बढेको छ ।” 

ब्राजिलमा सन् २०१६ मा नयाँ कारको खरिदबिक्री १० वर्ष यताकै सबैभन्दा कम भएको छ । मानिसहरु पुराना गाडीमा बुलेटप्रुफ जडान गर्नतिर आकर्षित भएका छन् किनभने नयाँ कार खरिद गरेर त्यसमा बुलेटप्रुफ लगाउँदा अति महङ्गो पर्दछ । 

“नयाँ कारको बिक्री घट्नुको अर्थ प्रयोग भइसकेका पुराना कारको माग बढ्नु हो, किनभने मानिसले नयाँ कार खरिद गर्न सकिरहेका हुँदैनन्,” हाइड्रोइलेक्ट्रिक कम्पनीमा कार्यरत व्यवस्थापक इलीयान वाकाचुकीले बताउनुभयो । उहाँ बुलेटप्रुफ गरिएको आरामदायी मर्सिडिज बेन्ज जीएलए २०० को “टेस्ट–ड्राइभ” गरिरहुनभएको थियो । 

नयाँ कार खरिद गरेर बुलेटप्रुफ जडान गरेकाहरु पनि आफ्नो कार बिक्री गर्न खोजिरहेका पाइन्छन् । गत वर्ष, सबैभन्दा बढी टोयोटा कोरोल्लाको नयाँ कारमा बुलेटप्रुफ गरिएको थियो । 

कारधनीहरुले अपराधमा भएको तिब्र वृद्धिका कारण थप सुरक्षा चाहेको बताएका छन् । ब्राजिलमा रहेका केही अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्ना कर्मचारीलाई बुलेटप्रुफ कार अनिवार्य रुपमा चढ्न बाध्य बनाएका छन् । तर कार नै चाहिन्छ वा चाहिन्न भन्ने अर्को प्रश्न हो । 

ब्राजिलकै सबैभन्दा धनी राज्य साओ पाउलोमा सन् २०१६ मा सबैभन्दा न्यून दरमा हत्याका घटना भएका थिए । यो राज्यमा प्रति एक लाख जनतामा १०.९ हत्या भएका थिए जबकी ब्राजिलको राष्ट्रिय औसत दर ३०.३ प्रतिशत रहेको छ । ब्राजिलको उत्तरपूर्वी सर्जीप राज्यमा यो दर ६४.७ प्रशितशत रहेको छ । 

“ब्राजिलमा बुलेटप्रुफ कारले व्यक्तिको प्रतिष्ठा जनाउँछ । मानिसले आफ्नो सुरक्षाभन्दा पनि आफ्नो प्रतिष्ठालाई बढी महत्व दिएका छन् ।” पाउलोका लागि बुलेटप्रुफ सवारीसाधनले सुरक्षामै सुनिश्चित गराइरहेको छ । 

“यदि कसैसँग केही बढी रकम छ भने उनीहरुले आफ्नो सुरक्षामा बढी नै खर्च गर्नु स्वाभाविक हो,” उहाँले बताउनुभयो । “पैसा नहुनेले सानो मुद्दामा पनि ज्यान गुमाउन बाध्य हुन्छन् ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x