पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ ।
यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई आज क्लबमा भित्र्याएको क्लबका महासचिव सञ्जिव शिल्पकारले राससलाई जानकारी दिनुभयो ।
“अनिललाई यो सिजनका लागि हामीले क्लबमा अनुबन्ध गरेका छौँ, सम्झौता रकमबारे दुवै पक्षको सहमतिअनुसार सार्वजनिक गर्दैनौँ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ–मस्याङ्दी क्लबका कप्तानसमेत रहेका अनिलले एक सातायताबाट थ्री स्टारबाट प्रशिक्षण गरिरहेका थिए ।
थ्री स्टारले क्लबको जर्सीसहित आफ्नो अफिसियल फेसबुक पेजमार्फत अनिलको तस्वीर राख्दै भनेको छ, “अनिल गुरुङलाई थ्री स्टार क्लबमा स्वागत छ ।” अनिलले अन्तर्राष्ट्रिय फूटबल करियरबाट भने सन्यासको घोषणा गरिसकेका छन् ।
पोखराको साहारा क्लबबाट फूटबल करियर शुरु गरेका अनिलले ब्रिगेट ब्वाइज, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम (एनआरटी) र भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट व्यावसायिक फूटबल खेलिसकेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...