×

NMB BANK
NIC ASIA

सिंहदरबारमा सुरक्षा थ्रेट : पश्चिम गेट बन्द, दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेन

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक÷एक जनाको मात्र उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ ।

Muktinath Bank

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाहको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिनेमध्ये आठ जना नेकपाका सांसद हुन् भने श्रीवास्तव संघीय समाजवादी फोरम र शाह नेपाली कांग्रेससँग आबद्ध छन् । दश वटै विषयगत समितिका सभापति शुक्रबार बिहान ११ बस्ने तत् समितिको बैठकले निर्वाचित भएको घोषणा गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन् । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएका घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवौं प्रमुख आयुक्तमा नियुक्त गर्नुभएको हो । 


Advertisment
Nabil box
Kumari

बिहीवार बसेको संसदीय सुनुवाइ विशेष समितिको बेठकबाट सर्वसम्मत रुपमा घिमिरेको नाम अनुमोदन भएको थियो । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएका घिमिरेले बिहीवार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा प्रधानन्याधीश ओमप्रकाश मिश्रबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । 

सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द
सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ । सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको छ । 

सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए । उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिए ।, नेपाल समाचारपत्रमा खबर छ ।

प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्नुहुने 
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । 

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँका लागि प्रस्थान गर्ने कार्यक्रम छ । 

राजीनामा दिन्नँः जोशी
न्यायाधीश दीपकराज जोशीले राजीनामा नदिने बरु महाअभियोग प्रस्तावको सामना गर्ने प्रतिक्रिया दिएका छन् । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च अदालत फर्किएपछि नेकपाले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ ।

सोही प्रयोजनका लागि नेकपाका सांसदहरूले बिहीवार हस्ताक्षरसमेत संकलन गरिसकेको स्रोतले जानकारी दियो । यसबीचमा नेकपाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न विशेष सूत्रमार्फत् जोशीलाई आग्रह गरेको थियो । जोशीले भने आफूले राजीनामा दिने कुनै मनस्थिति नबनाएको प्रतिक्रिया दिएका छन् ।

‘(महाअभियोग प्रस्ताव) नआई त के भन्न सकिन्छ र !’ राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा जोशीले लोकान्तरसँग भने– ’त्यस्तो सोच छैन ।’ महाअभियोग प्रस्ताव दर्ता भइहाले त्यसलाई सामना गर्ने उनको प्रतिक्रिया छ । ‘के गर्ने त अब चुपो लागेर बस्नु भएन,’ जोशीले भने । यस सम्बन्धमा कसैसँग कुनै छलफल नभएको उनले बताए । 

घुस लिएको अभियोगमा दुई जना पक्राउ
विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । 

अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो । फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको रु पाँच लाखमध्ये रु एक लाख लिन वीरगञ्जको लाठगलीस्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाउँपालिका–२ सम्भौताका अरुणकुमार साहलाई रुपैयाँसहित अख्यितारको टोलीले पक्राउ गरेको थियो । 

दशैंका लागि अग्रिम टिकट बुकिङ आज नखुल्ने
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ । 

महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको हो । व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यसविपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।, कारोबारमा खबर छ । 

घरटहरा नहटाउँदा काम अवरुद्ध
नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलङ्की सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ । सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले काममा बाधा पुर्याएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

सातदोबाटो, थसिखेल, ग्वार्खाे, बालकुमारी लगायतका स्थानमा सडक छेउमा धेरै अस्थायी घरटहरा रहेको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । अस्थायीरुपमा काठका गोदाम, कवाडी लगायतका पसल यस स्थानमा रहेका छन् । वडा कार्यालय र नगर विकाय कार्यालयले ३१ मिटर मापदण्डका आधारमा चिह्न लगाउँदा यी संरचना भत्काउन भनेको थियो । तीन वर्ष नाघ्दासमेत उनीहरुले टहरा भत्काएका छैनन् । 

पहिचान गरेर गोली हानेको खुलासा 
सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए । 

सञ्चालक समितिको बैठक समापन भएसँगै साथी अमीन अन्सारीको मोटरसाइकलमा  गइरहेको बेला नम्बर प्लेट नभएको सोही दिशाबाट सेतो रङ्गको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उहाँको टाउको र छातीमा गोली प्रहार गरेको हरिनगर गाउँपालिकाका न्यायिक समितिका सदस्य अलाउद्दिन अन्सारीले बताए ।

गोली प्रहार गरेर भागिरहेका अज्ञात व्यक्तिलाई घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार शिवलाल पौडेलले रोक्न खोज्दा उनलाई समेत खुट्टामा गोली प्रहार गरेर एक सयभन्दा बढीको स्पिडमा मोटरसाइकल लिएर भारततर्फ भागेको प्रत्यक्षदर्शी लुकमान अन्सारीले बताए ।

फिफा वरियतामा नेपाल एक स्थानमाथि
फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्जजनिक गरेको पछिल्लो  वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । 

बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x