×

NMB BANK
NIC ASIA

प्रदेशमा यसरी हुँदैछ कर्मचारी र कार्यालय व्यवस्थापन

असोज ५, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

विराटनगर–कर्मचारी अपुग भएको भन्दै प्रदेश नं. १ सरकारले संघीय सरकारसँग माग गरेको छ । कर्मचारी अभावले प्रदेशको काम अगाडी बढ्न नसक्ने बताउँदै कर्मचारी थपको माग गरिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट स्वीकृत ३ हजार ७ सय २१ जना कर्मचारीले प्रदेशको काम अगाडि बढ्न नसक्ने ठहर गर्दै ४ हजार ३ सय ३४ कर्मचारीको दरबन्दी प्रस्ताव गरेको हो । प्रदेश सरकारको मातहतका कार्यालयमा रहने कर्मचारीको दरबन्दी स्वीकृत गर्दै त्यसको लागि तत्काल कर्मचारी आवश्यक रहने भएकोले कर्मचारी माग गरिएको हो । माग गरे अनुसार सबै कर्मचारी पाएको अवस्थामा मात्र प्रदेश सरकारको कामले गति लिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय सरकारले स्वीकृति दिए एक महिनाभित्रमा प्रदेश सरकार मातहतका सबै संरचना सञ्चालनमा आउने मन्त्री कार्कीले बताए । प्रदेश सरकारले प्रदेशसभाको लागि ६० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । संघीय सरकारबाट भने ३६ जना मात्र प्राप्त भएको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्रीको कार्यालयलाई ५० जना प्राप्त भएकोमा ५२ जना, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ३८ जना प्राप्त भएकोमा ४४ जना, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश कोष नियन्त्रक कार्यालयमा ६७ जना प्राप्त भएकोमा ९६ जना आवश्यक पर्ने प्रदेश सरकारले जनाएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ६ सय ४४ जना प्राप्त भएकोमा ८ सय १६ जना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत ५ सय ३१ जना प्राप्त भएकोमा ५ सय ९७, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ११ सय ९४ जना प्राप्त भएकोमा एक हजार २ सय ४६ तथा सामाजिक विकास मन्त्रालय र अस्पतालसमेतमा ११ सय ४८ प्राप्त भएकोमा १४ सय ६ जना आवश्यक पर्ने भन्दै दरबन्दी स्वीकृत गरिएको छ । 
यस्तै मुख्य महान्यायधिवक्ताको कार्यालयमा ११ जना प्राप्त भएकोमा १९ जनाको दरबन्दी प्रदेश सरकारले स्वीकृत गरेको छ । संघीय सरकारले पठाएका कर्मचारी सबै प्रदेश सरकारको मातहतमा रहनेछन् । संघीय सरकारले दरबन्दी स्वीकृत गरी पठाएका कर्मचारीहरु प्रदेशमा हाजिर हुने क्रममा रहेको सरकारले जनाएको छ ।

प्रदेशस्तरीय  निर्देशनालय गठन
प्रदेश सरकारले शिक्षा र स्वस्थ्यको प्रदेशस्तरीय निर्देशनालय कार्यालय धनकुटामा राख्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले अबको केही दिन भित्र नै शिक्षा र स्वास्थ्यको निदर्लेशनालय धनकुटामा संचालनमा ल्याउने तयारी गरेको हो । 

धनकुटाले यस अघि माग गर्दै आएको राजधानीको मागलाई सम्बोधन हुने गरी निर्देशनालय तथा विभागहरु धनकुटामा राख्नेगरी तयारी थालिएको बुझिएको धनकुटाले यसअघि माग गर्दै आएको राजधानीको मागलाई सम्बोधन हुने गरी निर्देशनालय तथा विभागहरु धनकुटामा राख्नेगरी तयारी थालिएको बुझिएको  छ । प्रदेश सरकारले सडक, शिक्षा, स्वस्थ्य, कृषि, भेटेनरी र वनका कार्यालयहरू सबै जिल्लामा राख्ने तयारी गरेको छ । पर्यटन कार्यालय भने सोलु, काँकडभिट्टा र धरानमा राख्ने तयारी गरेको छ ।

असोजसम्म प्रदेश संयन्त्र संचालनमा आउने
आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबोले असोज भित्रमा सबै प्रदेशस्तरका कार्यालय संचालनमा ल्याउने गरी तयारी भइरहेको बताए । उनले संघीय सरकार अलिकती उद्दार मात्र हुने हो भने पनि प्रदेश सरकारले आफ्ना संरचना बिस्तार गरेर कामलार्ई तिब्रता दिन सक्ने तर्क गरे । संघिय सरकारले संबिधानमा ब्यवस्था भए अनुसारको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न नसकेकोले प्रदेश सरकार संचालनमा समस्या हुँदै आएको उनको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x